2025-08-04

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

काठमाडौं । लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायकगायिकाको स्वरमा रेकर्डिङ गरिने भएको छ।

अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई र लोकगायिका लोचन भट्टराईको सक्रियतामा वर्ष दिनभित्र गीत रेकर्ड गरिने भएको हो।

लोककविको १९ औं स्मृति दिवसका अबसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइयो।

कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर भएको हो। ‘मैले अलिमियाँ बुबाबाट आशीवार्द पाएकी छु। दुःखको कुरा उहाँ जिवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन’, उनले भनिन्, ‘अब हामी सबै मिलेर उहाँका गीत रेकर्ड गर्नेछौं।’

स्मरणीय छ, पोखरा मियाँपाटनमा वि.सं. १९७५ फागुन १५ गते जन्मिएका लाककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए। उनका गीति किताबहरू पनि प्रकाशित छन्।

नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गरेका लोककवि धार्मिक सहिष्णुताका प्रतिमूर्ति थिए। उनी मानवतावादी कवि थिए। उनको २०६३ साउन १८ मा निधन भएको थियो। त्यसपछि उनकै सुपुत्र हनिफ मियाँको अध्यक्षतामा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरिएको थियो। यसले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ।

स्मृति दिवसमा प्रतिष्ठानका अध्यक्ष मियाँले पिता लोककविका गीति कविता गाउनुका साथै रोचक सन्दर्भहरू सुनाएका थिए। त्यसैगरि सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविको गीत गाएर सुनाएका थिए भने कवि एवम् पत्रकार भोजराज न्यौपानेले पोखरा बसाइमा लोककविसँग सँगालेका अनुभूति बाँडेका थिए।

कार्यक्रममा कवि एवम् अङ्ग्रेजी विषयका प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
भुइँमान्छेका आवाज उठाउँदै आएका लोककविको सम्झना गरिएको कार्यव्रmम संयोजक एवम् पत्रकार अमृत भादगाउँलेले बताए। उनी लोककवि अलिमियिाँका जीवनीकार पनि हुन्। उनले वि.सं. २०५८ मा ‘लोककवि अलिमियाँ’ शीर्षक पुस्तक लेखेका थिए।

अन्त्यमा लोककविको कविताको एउटा अंशः
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ ।

मा अद्यावधिक गरिएको

समाचार

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

×