बालबालिकालाई ‘सहमति शिक्षा’ दिने चित्र पुस्तकमा कमजोरी: अध्ययन

पछिल्लो दशकमा यौन दुर्व्यवहार रोकथामप्रति बढ्दो चासोका कारण अभिभावकहरूलाई आफ्ना साना बालबालिकालाई शारीरिक सीमारेखा र अनुचित स्पर्शलाई “होइन” भन्ने सन्देश दिन सकिने चित्र पुस्तकहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। 

तर वाशिङटन स्टेट विश्वविद्यालयका दुई शोधकर्ताको अध्ययनले ती पुस्तकहरूमा बालबालिकालाई सहमति दिन आवश्यक महत्त्वपूर्ण पक्ष छुटेको बताएका छन्।

१०२ पुस्तकको विश्लेषण

शोधकर्ताहरूले सन् २०१३ देखि २०२३ बिच प्रकाशित १०२ चित्र पुस्तकहरूलाई परीक्षण गर्दै शरीरको स्वामित्व, शारीरिक अङ्गको स्पष्ट नाम प्रयोग, भरपर्दो व्यक्तिको पहिचान, सशक्त भाषा शैली र अपराधी एवं अभिभावकको चित्रण जस्ता विषयमा मूल्याङ्कन गरेको थियो ।

उनीहरूको मूल्याङ्कन अनुसार अधिकांश पुस्तकहरूले शारीरिक स्वायत्तता र सीमारेखा तोक्ने विषयमा सकारात्मक सन्देश दिएको पाइएको छ ।

तर शारीरिक अङ्गको स्पष्ट नाम नसमेटिएको, र सीमा रेखा तोक्न वयस्कहरूको भूमिका नदेखाइएको प्रति सोधकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

शोधकी प्रमुख लेखक ओपेयेमी भिक्टोरिया जोन्सन भन्छिन्, “बच्चालाई स्पर्शको उपयुक्तता बुझाउनु महत्त्वपूर्ण भए पनि सबै मानिस खराब हुँदैनन् भन्ने सन्देश पनि दिन जरूरी हुन्छ।”

त्यस्तै, शोध सह–लेखक प्रोफेसर स्टेसी जे.टी. हस्टका अनुसार यी पुस्तकहरू अभिभावकका लागि राम्रो संसाधन हुन्। अभिभावकले आफ्ना रुचि अनुसार पुस्तक छनोट गरी पारिवारिक पढाइमा समावेश गर्न सक्छन्।

सहमतिको शिक्षा बारे चेतना वृद्धि

मि टु अभियान पछि बालबालिकालाई सहमतिको शिक्षा दिन अभिभावकको रूचि बढेको पाइएको छ। हात समाउने वा आफन्तलाई चुम्बन गर्न नचाहनु जस्ता कुरा समेटिएर धेरै पुस्तकहरूले यौन सन्दर्भबिना स्पर्शको विषयमा चर्चा गरेको पाइएको छ ।

४२ प्रतिशत पुस्तकमा अभिभावकलाई सुझाव दिने खालका विषयवस्तु समावेश गर्नाले सहज बनाउँने सोधकर्ताहरूको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

×