भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण हुने बताएका छन् ।

काठमाडौंमा बुधवार आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ उद्घाटनका क्रममा उनले छिट्टै प्रदर्शनी स्थलको निर्माण प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

“तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बन्नेछ,” अर्थमन्त्री पौडेलले भने, “चालु आवको बजेटमा आवश्यक व्यवस्था गरिसकेको छ ।”

‘टुकुचादेखि अहिले प्रदर्शनी भएको सम्पूर्ण क्षेत्र समेटिएको व्यवस्थित प्रदर्शनी स्थल हुनेछ,’ उनले भने, ‘यदि आवश्यक परे विदेशी कम्पनी तथा विज्ञताको प्रयोग गरिनेछ ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले वर्तमान सरकार उन्नत खालको सडक तथा पूर्वाधार  निर्माणमा केन्द्रित गरेको बताए । उनले भने, “धूलो र हिलो रहित सडक बनाउने हाम्रो लक्ष्य हो । त्यो जनताले भविष्यमा अनुभूत गर्न पाउनेछ ।”

यसपालीको बजेट निजी क्षेत्रसँग पूर्व छलफल र सुझाव समेटिएर निर्माण गरिएको स्मरण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘नीतिगत अस्थिरता नहोस् भनेर हामीले बजेट पूर्व छलफल गरेका थियौँ ।’

‘नाइमाले आफ्नो स्थापनाको छोटो अवधिमा एक्स्पो आयोजना गरेर आफ्नो क्षमता पुष्टि गरेको मन्त्री पौडेललेउल्लेख गरे । 

नाइमाले अटो एक्स्पोको व्यवस्थापन उत्कृष्ट गरेकोमा प्रशंसा गर्दै उनले भने, ‘यसले नेपाली मोबिलिटी क्षेत्रको प्रवर्द्धन र विकासमा थप टेवा पुग्नेछ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×