अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)का अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्व भएको बताएका छन् ।

नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ उद्घाटन सत्रमा यस्तो बताएकी हुन । अध्यक्ष वैद्यले भनिन्, ‘हामीले अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन  गर्यौ। यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।’

‘मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुयाउँछ, उनले भनिन्, ‘हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।’

त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनीसँगै यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्फको सामूहिक प्रतिबद्धताको सुरुवात हो । 

‘यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको  अपेक्षा गर्दछौँ , उनले भने ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । पहिलो दिनै १५ हजार अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×