नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरबाट विशेष छुट

काठमाडौं — नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूलाई अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार, बैंकमा कार्यरत कर्मचारीहरू र खाता भएका ग्राहकहरूले प्याथोलोजी ल्याब सेवामा निःशुल्क होम डेलिभरी सुविधा सहित सेवा प्राप्त गर्न सक्नेछन्। साथै, औषधी खरिदमा बिल रकमको ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा २०८२ साल श्रावण १९ गते नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरको तर्फबाट ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यबाट नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरू अल्फा हेल्थ केयरको ल्याब सेवा तथा औषधी खरिदमा सहुलियत दरमा सेवा प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

×