मेगा मनसुन सर्भिस क्याम्प सुरू

काठमाडौं। फोटोन टोटल केयरले साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गरेको छ।

एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन भएको यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् । सोही अवसरमा विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्।

यसका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ।

मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच गरिनेछ ।

यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ।

त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन् । जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्‍याउँछ।

साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५% छुट पनि उपलब्ध छ। ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ।

यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×