निउको आरक्युआई स्पोर्ट विद्युतीय बाइक नेपालमा

काठमाडौँ । निउको आधिकारिक बिक्रेता इको इनफिनिटीले आरक्युआई स्पोर्ट विद्युतीय मोटरसाइकल नेपालमा भित्र्याएको छ । यो  साहसिक र सहरी राइडरहरुका लागि तयार गरिएको कम्पनीले जनाएको छ ।

अहिले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा आरक्युआई स्पोर्ट विद्युतीय मोटरसाइकल प्रदर्शनीमा राखिएको छ । इको इनफिनिटीले निउको नयाँ मोडलको विद्युतीय मोटरसाइकल नेपालमा भित्र्याएर नयाँ आयाम थपेको छ । जसले सहरी वायु स्वच्छ राख्न भूमिका खेल्नेछ ।

आरक्युआई विद्युतीय मोटरसाइकल१०० किमी प्रतिघण्टा स्पिड गुडाउन सकिनेछ । फुल चार्चिङले १४१ किमी दुरी पार गर्ने गर्नेछ। यसमा उच्च प्रदर्शनयुक्त दुईवटा ब्याट्री जडान गरिएको छ । कम्पनीले जनाएअनुसार एउटा ब्याट्री पुरा चार्ज हुन ४ घण्टा लाग्नेछ भने दुवै ब्याट्री चार्ज हुन ७ घण्टा लाग्नेछ ।

यो इलेक्ट्रिक बाइक करिब २ मिटर लम्बाई, ०.८ मिटर चौडाइ र १.०८ मिटर उचाइ रहेको छ । ग्राउन्ड किलरेन्स १६७ मिली मिटर रहेको छ । त्यस्तै, स्मार्ट कनेक्टिभिटी जस्तै एआई, जिपिएस, एण्टी-थेफ्ट र नयाँ पुस्ताका लागि प्रिमियम डिजाइनमा उपलब्ध रहेको छ । यसमा अगाडि र पछाडि क्यामरा जडान छन्। यसको मूल्य ९ लाख ९९ हजारबाट सुरु हुनेछ ।

नेपालमा निउले सन् २०१७ देखि दुई-पांग्रे ईभी सवारीसाधन बिक्री वितरण गर्दै आइरहेका छन् । कम्पनीका सेल्स म्यानेजर  अमृत सागर कंसाकारका अनुसार निउका ३ हजारभन्दा बढी इलेक्ट्रिक स्कुटर नेपालमा बिक्री भैसकेको छ ।

निउका स्कुटर विद्यार्थी, पेसागत व्यक्ति, डेलिभरी सेवा र सहरी यात्रुहरूका लागि पहिलो रोजाइमा परेको उनको भनाइ छ । सन् २०१४ मा स्थापना भएको निउ टेक्नोलजीले ५० भन्दा बढी देशहरूमा ३० लाखभन्दा बढी युनिट बिक्री गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×