प्रधानमन्त्री ओलीद्वारा ‘नाडा अटो शो’को उद्घाटन हुने

तस्बिर: नाडा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि सुरु हुने ‘नाडा अटो शो–२०२५’ को उद्घाटन गर्ने भएका छन्। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट गरी औपचारिक निमन्त्रणा गरिएको नाडाले जनाएको छ।

१७औं संस्करणको नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ। उक्त प्रदर्शनीको प्रमुख अतिथि प्रधानमन्त्री ओली रहनेछन्।

अध्यक्ष चौधरीले प्रधानमन्त्रीसँगको भेटमा नाडा स्थापनाको ५०औं वार्षिकोत्सव मनाउने क्रममा अटो शो आयोजना गर्न लागिएको जानकारी गराएका थिए। उनका अनुसार यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, साथै इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू प्रस्तुत गरिनेछ। साथै, विन्टेज मोटर शो पनि प्रदर्शनीको आकर्षण हुने जनाइएको छ।

यसपटक नेपालमा पहिलोपटक प्रदर्शन हुँदै गरेका  युनिट्री रोबोट्स् र डिपाल इभीटोल युएभी जस्ता भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनी हुने जानकारी अध्यक्ष चौधरीले दिएका छन्।

प्रधानमन्त्री ओलीले नाडा प्रतिनिधिमण्डलको निमन्त्रणा सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ। उक्त भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×