ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, उक्त अवधिमा बैंकको खुद नाफा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले मात्र वृद्धि हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकले सो अवधिमा १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.८५ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यो आम्दानी १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ थियो।

संचालन नाफा पनि घट्दै ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.०१ प्रतिशतले कम हो। बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ।

हाल बैंकको चुक्त पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ। यस आधारमा बैंकले १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। जगेडा कोषमा बैंकले २४ अर्ब २१ करोड रुपैयाँ राखेको छ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ। तर, खराब कर्जा दर ४.८७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।

बैंकको व्यवसाय भने दोहोरो अंकले बढेको छ। निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि ११.४६ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

×