सौर्य प्यानलको लागत ९९ प्रतिशतले घट्यो, एमआइटीको अध्ययनले कारणहरू खुलायो

तस्बिर: एमआइटी

क्याम्ब्रिज, अमेरिका । सन् १९७० पछि सौर्य प्यानलको लागत ९९ प्रतिशतभन्दा बढीले घट्दा सौर्य उर्जालाई विद्युतमा रूपान्तरण गर्ने फोटोभोल्टाइक प्रणालीको प्रयोग विश्वभरि बढेको छ।

अमेरिकाको प्रतिष्ठित म्यासाच्यूट इन्स्टिट्रयूट अफ टेक्नोलजी (एमआइटी) ले हालै गरेको अध्ययनले यस्तो लागत घटाउने प्रमुख नवप्रवर्तनहरू पहिचान गरेको छ।

अनुसन्धान अनुसार सौर्य प्रविधिमा भएको सुधार केवल सौर्य क्षेत्रमै सीमित थिएन—सेमिकन्डक्टर, धातु विज्ञान, ग्यास ड्रिलिङ, निर्माण प्रक्रिया, कानुनी प्रणालीजस्ता विविध क्षेत्रबाट आएको प्रविधि विकासले महत्त्वपूर्ण भूमिका खेलेको छ।

अनुसन्धानकर्ताहरूले सन् १९७० पछि सौर्य प्रणालीको लागत घटाउन योगदान पुर्‍याउने ८१ वटा प्रविधि सुधारहरू पहिचान गरेका छन्। तीमध्ये केही उदाहरणहरू: एन्टिरिफ्लेक्टिभ कोटेड ग्लासको प्रयोग, पूर्ण रूपमा अनलाइन अनुमति प्रणाली, सिलिकन वाफरको दक्ष प्रयोग, वायर सॉइङ प्रविधि, जसले प्रति वाट ५ डलरलागत घटाएको अनुमान गरिएको छ

मोड्युल र वी­एस लागत छुट्याएर अध्ययन

सौर्य प्यानलहरूमा प्रयोग हुने पिभी मोड्युलहरू र व्यालेन्स अफ् स्टम (वीओएस) तत्वहरू—जस्तै माउन्टिङ सिस्टम, इनभर्टर, तार—अलग-अलग रूपमा विश्लेषण गरिएको छ। पिभी मोड्युलहरू विश्वभरि निर्यात गर्न सकिने भए पनि वीओएस तत्वहरू प्रायः स्थानीय स्तरमा निर्माण गरिन्छ।

वीओएस लागतमा सफ्ट प्रविधि (जस्तै अनुमति प्रक्रिया) को प्रभाव कम देखिएको छ, तर निर्माण ढिलाइ र प्रक्रियागत जटिलताले लागत बढाउने गरेको अध्ययनले देखाएको छ।

अन्य उद्योगबाट प्रविधि हस्तान्तरण

अनुसन्धान अनुसार सौर्य प्रविधिमा सुधार ल्याउन सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, पेट्रोलियम, सफ्टवेयर इन्जिनियरिङ, र विद्युत सेवा क्षेत्रबाट प्रविधि हस्तान्तरण भएको छ।

साथै, पीभी मोड्युलको नवप्रवर्तन प्रायः अनुसन्धान संस्था वा उद्योगबाट आएको भए पनि वीओएस सुधारहरू स्थानीय सरकार, राज्य निकाय वा पेशागत संघहरूबाट विकसित भएका छन्।

भविष्यमा एइ र रोबोटिक्सको भूमिका

अध्ययनले देखाएअनुसार स्वचालित इन्जिनियरिङ समीक्षा प्रणाली, रिमोट साइट मूल्याङ्कन सफ्टवेयरजस्ता डिजिटल उपकरणहरूले  लागत घटाउन सहयोग पुर्‍याउन सक्छन्।

अनुसन्धानकर्ताहरूले भविष्यमा रोबोटिक्स र एआइ प्रविधिले लागत घटाउने र गुणस्तर सुधार गर्ने सम्भावना रहेको बताएका छन्।

एमआइटीको टोलीले यो विश्लेषण पद्धति अन्य नवीकरणीय ऊर्जा प्रविधिमा पनि प्रयोग गर्ने योजना बनाएको छ। साथै, सफ्ट प्रविधिमा थप अनुसन्धान गरेर लागत घटाउने उपायहरू पहिचान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×