2025-10-20

एनएमए अध्यक्षका प्रत्याशी गुरुङले घोषणा गरे ‘व्यवसायिक तथा समावेशी समूहको उम्मेदवार’

तस्बिर: रिभोसइन्स

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्याशी कुलबहादुर गुरुङको व्यवसायिक तथा समावेशी समूहले उम्मेदवार घोषणा गरेका छन्।

काठमाडौँमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष प्रत्याशी गुरुङले आफ्नो टिम सार्वजनिक गरेको हो ।

अध्यक्षका प्रत्याशी गुरुङले दिगो, पारदर्शी र समावेशी नेतृत्वको प्रतिबद्धता जनाउँदै सबै पक्षको साथ र समर्थनको आह्वान गरे। भदौ ७ गते राजधानीमा हुने निर्वाचनमा अध्यक्षको प्रत्याशी गुरुङलेआफ्नो नेतृत्व दिगो, पारदर्शी र समावेशी हुने प्रतिबद्धता जनाए । उनले प्रतिज्ञा गर्दै भने, “हामी नेपालका हिमाललाई केवल आरोहणको लक्ष्य होइन, जीवन, संस्कृत र गौरवको स्रोतका रूपमा संरक्षण र प्रवर्द्धन गर्नेछौ ।”

“नेतृत्वको कार्यशैली क्रियसन, क्युरेसन एण्ड कम्यूनिकेसन हुनेछ,” उनले घोषणा सभामा भने, “इनर्जी, एक्साइटमेन्ट एण्ड इनथुयाजिम दृष्टिकोणमा आधारित हुनेछ ।”

उनको टिमको घोषणा पत्रमा हिमाल संरक्षण र जलवायु कूटनीति, सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन, स्थानीय समुदायको सशक्तीकरण र आर्थिक समृद्धि, नयाँ पुस्ता र सीप विकास, संस्थागत पारदर्शिता र प्रभावकारी सेवा, अन्तर्राष्ट्रिय प्रवर्द्धन र कूटनीतिक नेतृत्वजस्ता मुख्य विषयमा काम गर्ने उल्लेख गरेका छन् ।

पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा तीन दशक समय व्यथित गरिसकेका गुरुङ, एनएमएका महासचिव, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष, तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासङ्घ (युआएए) का व्यवस्थापन समिति सदस्यको रूपमा उनले काम गरिसकेका छन।

अध्यक्षका प्रत्याशी गुरुङको व्यवसायिक तथा समावेशी समूह

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×