नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुटको व्यवस्था

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई लक्षित गर्दै थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुरको बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग विशेष सम्झौता गरेको छ।

सम्झौता अनुसार, एनआईएमबी डेबिट/क्रेडिट कार्ड तथा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्। छुट सुविधा लिन ग्राहकले बैंकको कार्ड वा मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट हुनेछ भने कल्चर तथा विशिष्ट परीक्षणमा कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट हुने जनाएको छ । त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी तथा कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट हुने उल्लेख छ ।

बैंकले आफ्ना ग्राहकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। यस किसिमको सहकार्यले ग्राहकहरूलाई सहज, किफायती तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×