सूचना प्रविधिमार्फत् सुशासन, विकास र समृद्धिलाई तीव्रता: प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको बताए ।

उनले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकालमा सिङ्गो मुलुकलाई प्रविधिमैत्री तुल्याउन डिजिटल नेपालको फ्रेमवर्क तयार गरेको र अहिले त्यसलाई कार्यान्वयनको काम भइरहेको बताउँदै हालै आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआइ) सम्बन्धी नीति ल्याएको उल्लेख गरे ।

साथै उनले कानुुनमा संशोधनमार्फत नेपालमै बसेर सूचन र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको स्मरण गरे ।
“हामी देश, समाज र सिङ्गै मानव जातिलाई अझ उन्नत र परिस्कृत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा यसलाई प्रयोग गर्दै विकासमा व्यापकता, सामाजिक सद्भाव र नवीनताका लागि सहयोग लिन आग्रह गर्दछुु,’’ प्रधानमन्त्री ओलीले भने, “हामीले गत वर्षको एसइईमा अनलाइन कक्षाका माध्यमबाट १४ प्रतिशतसम्म नतिजामा सुधार ल्याउन सकेका छौँ । यस्तै स्वास्थ्य र अन्य क्षेत्रमा पनि सूचना प्रविधिको उपयोग गर्दै आएका छौँ । यसको दुरुपयोगबाट हुने कमीकमजोरी र विकृतितप्रति हामी सजग हुनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सरकार प्रेस तथा अभिव्यक्तिका पक्षमा रहेको स्पष्ट गर्दै समाजलाई हानी पुग्ने खालका सूचना सम्प्रेषण भने गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×