2025-10-01

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै विश्व फोटोग्राफी दिवस मानाउदै आए सस्थाले यस वर्ष उक्त दिवसको उपलक्षमा यस वर्ष एनएफपिजे नेपालले सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको ‘फ्लाइट एण्ड फ्रेम’ नामक एकल फोटो प्रदर्शनी गगरेको हो ।

भदौ ३ गते अगष्ट १९ विश्व फोटोग्राफी दिवसको अवसर पारेर काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी गरेकोको उक्त प्रर्दशनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको काम गर्दा हवाइजहाजवाट नेपालका विभिन्न जिल्लाको भौगोलीक तथा पर्यटकीय क्षेत्रको फोटो कैद गरका ६० वटा फोटाहरू प्रदर्शनमा राखिएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रर्दशनी आयोजना गरेको हो। आगामी दिनमा यसै गरि अन्य सदस्यहरुको पनि एकल फोटोप्रर्दशनी गरिने एनएफपिजे नेपाल जनाएको छ।

कार्यक्रममा मुख्य अतिथिहरु सस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरु मिनरत्न बज्रचार्य,कविन्द्रमान शाक्यले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो भने उक्त कार्यक्रममा सस्थाका सदस्य लगायत फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको उल्लेख्य सहभागिता रहको थियो ।

उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले बताए। साथै उक्त प्रर्दशनीमा स्थानीय व्यक्ति, स्थानीय पर्यटक तथा विदेशी पर्यटकहरु पनि प्रर्दशनी हेर्दै रमाइ रहेका थिए ।

प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्नेछ भन्ने विश्वास लिएर नै हामीले यसवर्ष अध्यक्षको एकल फोटो आयोजना गरेको महासचिव घनस्याम श्रेष्ठले वताए ।

फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस)का सिनियर फोटो पत्रकार पनि हुन ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×