यामाहा नेपालद्वारा ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ लञ्च

काठमाडौं, ३ भदौ । यामाहा नेपालले नाडा अटो शोमा मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरिएको छ।

प्रदर्शनीमा ‘एमटी १५ भिटु’ को आइस स्ट्रम र  भीभीड भ्वाइलेट मेटालिक भेरियन्टहरू उपलब्ध छ भने एफजेड–एस भी३ डिलक्स मोडेललाई समेत नयाँ रङ ‘आइस फ्लुओ–भर्मिलियन’ मा सार्वजनिक गरेको छ ।

उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष श्री करण चौधरीको उपस्थिती रहेको थियो।

यस नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले भने, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्‍याउने उत्तम प्लेटफर्म हो। ‘एमटी १५ भिटु’ र ‘एफजेट एस भी३ डिएलएक्स’ नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।”

यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिने बताइएको छ।

यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिजका लागि विशेष नाडा रू. ७,००० सम्म छुट अफर दिएको छ। मोटो जिपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने एमाहाले जनाएको छ ।

नाडा अटो शो  ३ भदौ देखि ८ भदौसम्म सञ्चालन हुनेछ। यामाहा सबै मोटरसाइकल प्रेमीहरूलाई यामाहा ब्लु च्याम्बर (स्टल नं. टीडब्लु१) मा भिजिट गर्न सकिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

×