2025-10-19

एनएमएको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ कार्यसमितिको निर्वाचनमा फुर गेल्जे शेर्पा अध्यक्ष पदमा विजयी भएका छन्।

उनले कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गर्दै संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। निर्वाचन समितिका अनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दा गुरुङले २८८ मत पाएका थिए।

फुर गेल्जे शेर्पा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार थिए, जबकि उनका प्रतिस्पर्धी गुरुङ नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको तर्फबाट उम्मेदवार बनेका थिए।

वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भए भने प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत प्राप्त गरे। द्वतीय उपाध्यक्षमा बोधराज भण्डारीले ३६८ मत ल्याएर जितेका छन्। महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित विजयी भए।

सचिव पदमा चन्दन थापा ३५८ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४ मत प्राप्त गरेपछि कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको छ।

सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्।

नयाँ नेतृत्वले नेपालको पर्वतारोहण क्षेत्रको विकास, सुरक्षा, र अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×