2025-10-08

ब्याट्रीविहीन इन्टरनेट अफ थिङ्सका लागि ऊर्जा समाधान : युरोपेली परियोजना ‘एम्बियन्ट–६जी’ सुरु

ग्राज युनिभर्सिटी अफ टेक्नोलोजी

काठमाडौँ, भदौ १२ ।  इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरणहरूलाई ब्याट्री बिना नै सञ्चालन गर्न सकिने बनाउने लक्ष्यसहित युरोपेली संघले ‘एम्बियन्ट–६जी’ नामक नयाँ अनुसन्धान परियोजनामा  युरो ८.४ मिलियन लगानी गरेको छ। 

यस परियोजनामा ग्राज युनिभर्सिटी अफ टेक्नोलोजी (अष्ट्रिया), आल्टो युनिभर्सिटी (फिनल्यान्ड), केयु लुभेन (बेल्जियम) र युनिभर्सिटी अफ ओउलु (फिनल्यान्ड) सहितका अनुसन्धान संस्थाहरू सहभागी छन्।

हाल विश्वभर करिब २० अर्ब आओटी उपकरणहरू छन्, र सन् २०३३ सम्ममा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ। यसले पुराना ब्याट्री र रिचार्जेबल ब्याट्रीहरूको ठूलो मात्रा उत्पादन गर्नेछ, जसको व्यवस्थापन चुनौतीपूर्ण बन्नेछ। यही समस्याको समाधानस्वरूप अनुसन्धानकर्ताहरूले वातावरणबाट प्राप्त हुने ऊर्जा स्रोतहरू जस्तै ताप, कम्पन वा रेडियो तरंगमार्फत उपकरणहरूलाई वायरलेस रूपमा ऊर्जा आपूर्ति गर्ने प्रविधिमा काम गरिरहेका छन्।

परियोजनामा संलग्न अनुसन्धानकर्ताहरूले परम्परागत वाई-फाई, ब्लुटुथ वा मोबाइल नेटवर्कको सट्टा ब्याकस्क्याटर प्रविधि प्रयोग गर्ने योजना बनाएका छन्। 

ग्राज युनिभर्सिटीका प्रोफेसर क्लाउस विट्रिसालका अनुसार, “आईओटी उपकरणहरूले केन्द्रिय ट्रान्समिटरबाट आएको रेडियो सिग्नललाई परावर्तित गरी सानो परिमार्जनसहित सूचना प्रसारण गर्छन्। यसले सक्रिय ट्रान्समिटरको आवश्यकता हटाउँछ र उपकरणले रेडियो तरंगबाट प्राप्त सानो ऊर्जा प्रयोग गरेर काम गर्न सक्छ।”

परियोजनामा वितरित एन्टेना प्रणाली विकास गरिँदैछ, जसले न्यूनतम ऊर्जा प्रयोगमा उच्च कार्यक्षमता प्रदान गर्नेछ। “यी एन्टेना एरेहरूले वातावरणमा विकिरणको मात्रा कम राख्दै उपकरणहरूसँग प्रभावकारी सञ्चार सम्भव गराउँदछ,” विट्रिसालले भने ।

सम्भावित प्रयोग र चुनौतीहरू

ब्याट्रीविहीन आईओटी उपकरणहरूको प्रयोग विभिन्न क्षेत्रमा सम्भव छ। जस्तै, सुपरमार्केटमा हजारौं उत्पादनका लागि विद्युतीय मूल्य ट्यागहरू प्रयोग गर्दा फोहोर र मर्मत खर्च घटाउन सकिन्छ। यस्तै, लजिस्टिक्समा सामानहरूलाई आधा मिटरको शुद्धतासहित ट्र्याक गर्न सकिनेछ।

तर, कमजोर सिग्नलहरूका कारण अझै केही चुनौतीहरू छन्। “ब्याकस्क्याटर सञ्चारमा मानिस र बस्तुहरु खोज्ने रेडियो तरङ रेडियो फ्रिक्वेन्सी आइडे्नटीफिकेसन (आरएफआईडी) चिपको तुलनामा लामो दूरीमा कमजोर सिग्नलहरू प्राप्त गर्नुपर्छ, जसका लागि विशेष एल्गोरिदम विकास गर्न आवश्यक छ,” विट्रिसालले स्पष्ट पारे।

‘एम्बियन्ट–६जी’ परियोजनाले आईओटी प्रविधिलाई दिगो, ऊर्जा–सक्षम र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यदि सफल भयो भने, यो प्रविधिले विश्वभरका अर्बौं उपकरणहरूको ऊर्जा आपूर्ति प्रणालीमा क्रान्ति ल्याउनेछ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बायोमासबाट उत्पादित हाइड्रोजन प्रभावकारी विकल्प हुनसक्ने: अध्ययन 

२०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने

शहीदप्रति चौधरी ग्रुपको श्रद्धाञ्जलि, परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

नेपाल–जर्मनीबीच दुई महत्त्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

×