2025-10-03

आधुनिक थोक कृषि बजार स्थापना र सञ्चालन सम्बन्धी कार्यशाला

काठमाडौँ । खाद्यान्न जस्तो मानव स्वास्थसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा, आधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको थोक कृषि बजार स्थापना र सञ्चालनको औचित्य, आवश्यकता र लगानी प्रवर्द्धनका लागि  कार्यशाला आयोजना गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासङ्घको सह-आयोजना र जलवायु तथा विकासका लागि डच कोष तथा एसएनभी नेदरल्याण्ड्स विकास संस्थाका परियोजना सहयोगमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा कार्यशाला कार्यक्रमको आयोजना हो ।

सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठुला किसानहरूलाई सेवा दिने दिशामा निजी क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले सुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताए । 

मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषद्मा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यन्वयन भएपश्चात् उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धी धेरै विषयहरू समाधान हुने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले कृषि सम्बन्धी प्रशोधन, बजारीकरण र अन्य ठुला योजनाहरूलाई अगाडी बढाउन बोर्ड कुरिरहेकोले योजना अगाडी बढाउन सुझाव दिए । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका समस्याहरू समाधानको लागि महासङ्घले विभिन्न पहलहरू गरिरहेको र बजार व्यवस्थापनको लागि करार खेती ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यशाला कार्यक्रममा स्वागत मन्तव्य राख्दै, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले किसानहरूले गरेको उत्पादनको ‘बाइव्याक ग्यारेन्टी’ गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था: चुनौती र अवसरहरू सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र सञ्चालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरूको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैङ्क र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

आधुनिक थोक बजार स्थापना र सञ्चालनको सम्बन्धमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले भिडियो मार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजार सम्बन्धी स्पष्ट कानुन जारी गरेमा, पुराना बजार सञ्चालकहरू र नयाँ व्यवसायिहरुलाई समेट्दै १० अर्ब पुँजी लगानी गर्न तयार रहेको सन्देश दिएको छ । 

कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष सिताराम काफ्‌लेले गरेको थियो भने कार्यक्रम सञ्चालन सुगरीका के.सीले गरेकी थिइन ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×