2025-09-03

फेशनफेयर अवार्ड्स सम्पन्न, बहुआयामिक योगदानकर्ताहरू सम्मानित

काठमाडौं । फेसन, ग्ल्यामर, पेजेन्ट्री र कला क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिष्ठित मञ्च फेशनफेयर अवार्ड्स २०२४ को तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।

ड्रिम सर्च एजेन्सीद्वारा आयोजित यो कार्यक्रम एपिसेन्टर एजुकेशन कन्सल्टेन्ट्सको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गरिएको छ। पेजेन्ट्री नेतृत्वमा योगदान पुर्‍याउँदै आएका सुबर्ण क्षेत्रीलाई प्रोमिनेन्ट नेशनल डाइरेक्टर अवार्ड प्रदान गरियो भने अनिला श्रेष्ठलाई एम्पावरिङ वुमन अफ द इयर अवार्ड दिइयो। कवि तथा उपन्यासकार उषा शेरचनलाई भ्वाइस अफ एम्पावरमेन्ट (लिटरेचर एण्ड आइडेन्टिटी) अवार्डबाट सम्मान भइन्।

द मल्ला होटलले एक्सिलेन्स इन हस्पिटालिटी अवार्ड प्राप्त गर्‍यो। पारालिम्पिक पदक विजेता पलेशा गोवर्धनलाई प्राइड अफ नेपाल अवार्ड प्रदान गरे। राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार प्रदीप राज वन्तलाई आउटस्ट्यान्डिङ अचिभमेन्ट (फोटो जर्नालिज्म) अवार्डबाट सम्मान गरिएको थियो।

त्यस्तै, रचना गुरुङ शर्मालाई लाइफटाइम अचिभमेन्ट (ग्रुमिङ एण्ड स्टाइलिङ), स्नेह रानालाई लाइफटाइम अचिभमेन्ट (मेकअप), र शिवाङ्गी प्रधानलाई लाइफटाइम कन्ट्रिब्युसन टु नेपाली फेसन अवार्ड प्रदान गरिएको थियो।।

ईभा गिरीले फेसन कन्टेन्ट क्रिएटर अवार्ड प्राप्त गरिन् भने अनुप बिक्रम शाहीलाई फेसन आइकन अफ द इयरको उपाधि दिइयो। पराक्रम राणालाई एल, जी, बी, टी, आई, क्यू, आइए प्लस (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) चेंजमेकर अवार्ड प्रदान गरेका थिए ।

त्यसैगरी, मिस नेपाल नर्थ अमेरिका अर्गनाइजेशन (युएसए)लाई ग्लोबल इभेन्ट एक्सिलेन्स अवार्ड दिइयो। एञ्जल लामालाई ट्रेलब्लेजर इन इन्क्लुसिभ पेजेन्ट्री एण्ड एड्भोकेसी अवार्ड प्रदान गरियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा संयुक्ता श्रेष्ठ (युके) लाई ग्लोबल सस्टेनेबल फेसन लिडरशिप अवार्ड प्रदान गरियो। अर्नव बानलाई यङ म्युजिक स्टार, हकीम गुरुङलाई पायोनियर अफ नेपहप मूभमेन्ट, र दिपमाला केडीलाई राइजिङ इन्टरनेशनल ट्यालेन्ट (एम्सीइङ्ग एण्ड होस्टिङ) अवार्ड प्रदान गरियो।

कार्यक्रममा रोजिन शाक्य, एरी तुलाधर, र दिपमाला केडीले होस्ट गर्दै करिश्मा थपेका थिए। एभेन्टोज, स्पार्क एडभर्टाइजिङ, मनकामना एचिङ, माने म्युज बाइ शिवाङ्गी लगायतका साझेदारहरूले कार्यक्रमलाई समर्थन गरेका थिए।

प्रतिष्ठित सम्मानहरूका अतिरिक्त, प्रतिस्पर्धात्मक उत्कृष्टतालाई पनि विशेष प्राथमिकता दिइएको थियो। यसअन्तर्गत:

  • निमा डोल्मा — एमर्जिङ फेसन मोडल अफ द इयर
  • सुमी बनिया — एमर्जिङ फेसन कोरियोग्राफर अफ द इयर
  • राजन शाह — एमर्जिङ फेसन डिजाइनर अफ द इयर (पुरुष)
  • शिला राई — एमर्जिङ फेसन डिजाइनर अफ द इयर (महिला)
  • संसकृति भट्ट — एमर्जिङ पेजेन्ट स्टार अफ द इयर
  • विकास पराजुली — फेसन फोटोग्राफर अफ द इयर
  • कशिस सुब्बा — फेसन मोडल अफ द इयर
  • सोनाम सुब्बा लिम्बु — फेसन डिजाइनर अफ द इयर
  • बिएवा बस्नेत — एमर्जिङ मिसेस पेजेन्ट स्टार अफ द इयर

फेशनफेयर अवार्ड्स २०२४ केवल सम्मानको समारोह मात्र नभई प्रतिभा, समर्पण, उपलब्धि र करुणाको उत्सव भएको आयोजकले जनाएको छ। 

मा अद्यावधिक गरिएको

समाचार

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ, बैंक बन्ने घोषणा 

फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

‘शी लिड्स आइकन’ दोस्रो संस्करणमा ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता

एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरूले वार्षिक २२ गिगाटन भन्दा बढी बरफ गुमाउँदै: अध्ययन

राष्ट्रपति सी चिनफिङद्वारा एससीओको भूमिकाबारे जोड, क्षेत्रीय शान्ति र विकासमा योगदान बढ्दै

एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ सम्पन्न

×