2025-09-30

बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी

काठमाडौं — नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले पुनर्बीमा, रेट्रोशेसन तथा विदेशबाट आयात गरिने परामर्श सेवाका लागि भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको निर्देशनमा विदेशी भुक्तानी प्रक्रिया सम्बन्धी ८ प्रमुख व्यवस्थाहरू समावेश छन्। निर्देशनले बीमकहरूलाई सिफारिसबिना विदेशी भुक्तानी नगर्न स्पष्ट रूपमा निर्देश गरेको छ।

निर्देशनका मुख्य बुँदाहरू यस प्रकार छन् ।

  1. पुनर्बीमा शुल्क, बीमा दाबी रकम, लाभांश फिर्ता तथा परामर्श सेवाको भुक्तानी सिधै वा बीमा दलालको संलग्नतामा भएमा प्राधिकरणको सिफारिस आवश्यक हुनेछ।
  2. बीमकहरूले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ।
  3. ट्रिटी पुनर्बीमा, रेट्रोशेसन तथा ऐच्छिक पुनर्बीमा सन्दर्भमा सिफारिस माग गर्दा तोकिएका कागजातहरू प्राधिकरणमा पेश गर्नुपर्नेछ।
  4. विदेशी बीमक वा ब्रोकरलाई बीमा दाबी वापतको भुक्तानी गर्दा हिसाब–किताब मिलानसहित आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।
  5. बीमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ्ग, परामर्श सेवा, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर भुक्तानी तथा तेस्रो पक्ष सहजकर्ता सम्बन्धी भुक्तानीमा निर्देशनअनुसार कागजात संलग्न गर्नुपर्नेछ।
  6. सिफारिस केवल सूचीकरण भएका विदेशी पुनर्बीमक तथा दलालहरू र निर्देशिकाबमोजिमको रेटिङ्ग प्राप्त संस्थाहरूका लागि मात्र गरिनेछ।
  7. सिफारिस माग गर्दा पेश गरिएका कागजात तथा स्वीकृतिपत्रहरू कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।
  8. बीमकहरूले विदेशी मुद्राको भुक्तानी विवरण प्रत्येक चौमास समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ।

नेपाल बीमा प्राधिकरणले यो निर्देशनमार्फत बीमा क्षेत्रको वित्तीय अनुशासन, पारदर्शिता र नियमनको प्रभावकारिता बढाउने अपेक्षा गरेको छ। बीमकहरूले निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ, अन्यथा नियामक कारबाहीको दायरामा पर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×