खग्रास चन्द्र ग्रहण आज राति १० बजेर १२ मिनेटमा सुरु हुने

फाइल फोटो

काठमाडौँ । शुक्ल पूर्णिमा (आज) रातको समयमा खग्रास चन्द्र ग्रहण लाग्ने खगोलका जानकारहरू बताउँछन् । 

खग्रास चन्द्र ग्रहण हेर्न कुनै उपकरण चाहँदैन तर टेलिस्कोप वा दूरबिनको माध्यमले थप विस्तृतमा हेर्न सकिनेछ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) का अनुसार राति १०:१२ बजे सुरु भएर भोलि बिहान ०१:४१ बजे सकिनेछ । यदि मौसमले साथ दिएमा आफ्नो घरको छत वा नजिकैको खुल्ला स्थानबाट हेर्न सक्नुहुनेछ । 

“राति ११:१५ बजे देखी बिहान ००:३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायामा रहनेछ जसलाई खग्रास समय भनिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । 

उनले भने, “यो बेला चन्द्रमा रातो देखिने हुन्छ । तर इन्टरनेटमा भनेजस्तो र राखिएको फोटोहरू जस्तो हुँदैन।” उनका अनुसार बाँकी समय पृथ्वीको छायाले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

×