2025-09-30

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँ, २२ भदौ । “यामाहा ब्लु फेस्ट” आजदेखि हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।

चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्टसँग खुसीको यात्रामा सहभागी भएर एक्सचेन्जको फाइदा लिन सक्ने बताइएको छ।

यामाहा नेपालका कार्यकारी निर्देशक दीपक अग्रवालले “यामाहाले राइडरलाई थप अनुभव सिर्जना गर्ने मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव दिन चाहेको बताए ।

“यो पहलले ग्राहकप्रति धन्यवाद प्रकट गर्ने तथा थप राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो,” उनले भने ।

सो फेस्टमा यामाहाले आरवापाइभ भी फोर, एमटी-१५ भी टू, एफजेट भी थ्री डिलक्स, रेजर १२५ एफ वान हाइव्रिड, एरोक्स १५५ लगायतका मोडेलहरू समावेश छन्।

एक्सचेन्ज र फाइनान्स अफरहरू:

  • कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्नुहोस्
  • कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन
  • अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने)
  • एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस
  • ७.९९% ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक छैन
  • नगद छुट रु. १०,००,००० सम्म
  • हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×