भाइबरको एक दशक लामो यात्रा: नेपाली समाजसँगको गहिरो सम्बन्ध

काठमाडौं, भाद्र । विश्वभर एक अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको लोकप्रिय सञ्चार एप ‘राकुटेन भाइबर’ नेपालमा दशकभन्दा लामो समयदेखि डिजिटल संवादको भरपर्दो माध्यमका रूपमा स्थापित हुँदै आएको छ। 

नेपाली प्रयोगकर्ताबीच गहिरो सम्बन्ध बनाउँदै आएको भाइबरले व्यक्तिगत तथा व्यावसायिक संवादलाई सुरक्षित, सहज र आत्मीय बनाउने वातावरण प्रदान गर्दै आएको छ।

सन् २०२४ को प्रारम्भमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गरि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०२३ को पालना गरेको छ। यसले नेपालमा डिजिटल सञ्चारको औपचारिकता र विश्वसनीयता थप बलियो बनाएको छ।

डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै भाइबरले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस तथा भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ।

सुपर एपको रूपमा विकसित भाइबरले केवल संवादमा सीमित नरही, दैनिक जीवन सहज बनाउने विविध सेवाहरू पनि समेटेको छ। पब्लिक च्यानलमार्फत प्रयोगकर्ताले सेलिब्रिटी, इनफ्लुएन्सर तथा ब्रान्डसम्बन्धी जानकारीहरू पनि प्राप्त गर्न सक्छन्।

नेपालमा भाइबर प्रारम्भिक चरणमै लोकप्रिय एपका रूपमा स्थापित भएको हो। नेपाली भाषामा स्टिकर तथा स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै यसले डिजिटल संवादलाई अझ व्यक्तिगत र आत्मीय बनाएको छ। नेपाली प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै भाइबर निरन्तर सेवा विस्तारमा प्रतिबद्ध देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×