2025-10-08

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

डिपएआइ

साउदी अरेबियास्थित किङ अब्दुल्ला युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (केएयुएसटी) का अनुसन्धानकर्ताहरूले कार्बन उत्सर्जनको उपयोगबारे नयाँ प्रविधि सार्वजनिक गरेका छन्।

नेचर क्याटलिस्टमा प्रकाशित अनुसन्धान अनुसार वैज्ञानिकहरूले कार्बन डाइअक्साइडलाई औद्योगिक गुणस्तरको इथिलिनमा रूपान्तरण गर्ने प्रणाली विकास गरेका छन्। इथिलिन प्लास्टिक, कपडा तथा निर्माण सामग्रीमा अत्यावश्यक रसायन हो। यो प्रविधिले हरितगृह ग्यासलाई मूल्यवान रसायनमा बदल्ने प्रत्यक्ष मार्ग देखाएको छ।

प्रमुख अनुसन्धानकर्ता सह-प्राध्यापक स्यु लुका अनुसार “हामीले उच्च-दावावमा समातिएको कार्बन डाइअक्साइडको प्रयोग गरी औद्योगिक वातावरणमा प्रणाली परीक्षण गर्यौं। यसरी परीक्षण गर्दा कार्बन डाइअक्साइडलाई आर्थिक सम्भावना भएको उत्पादनमा रूपान्तरण गर्न सकिन्छ।”

वातावरणीय लाभसँगै यो प्रणालीले कार्बन समात्ने खर्चिलो प्रक्रियालाई नाफामा बदल्ने सम्भावना पनि देखाएको छ। इथिलिन उत्पादनका लागि विद्युतीय अपघटन (इलेक्ट्रोलाइसिस) विधि विशेष रूपमा प्रभावकारी मानिन्छ, किनभने यसलाई नवीकरणीय विद्युतबाट सञ्चालन गर्न सकिन्छ र अन्य विधिको तुलनामा कम तापक्रममा काम गर्छ।

लुले नेतृत्व गरेको टोलीले उच्च-दबाब इलेक्ट्रोलाइजर निर्माण गरेको छ, जसले पानी र अक्सिजनको प्रयोग गरी इथिलिन उत्पादन गर्छ। उच्च-दबाब कार्वनडाइअकस्साइड सामान्यतया व्यावसायिक कार्बन समात्ने प्रणालीको उत्पादन हो, तर यसलाई उपयोगी रसायनमा रूपान्तरण गर्दा दबाबको भूमिका सम्बन्धी अनुसन्धान कम भएको थियो। केएयुएसटीको यो प्रविधि पहिलो हो जसले औद्योगिक दबाबमा इलेक्ट्रोलाइसिसको कार्यक्षमता र स्थायित्व उल्लेखनीय रूपमा सुधार हुने देखाएको छ।

अन्य प्रणालीहरूमा दबाब घटाउने वा पुनः बढाउने चरण आवश्यक पर्छ, जसले धेरै ऊर्जा खर्च गराउँछ र मिश्रित उत्पादनका कारण इथिलिन शुद्ध गर्न महँगो पर्छ। केएयुएसटी प्रणालीले प्रति मेट्रिक टन इथिलिन उत्पादनमा ०.८ गिगाजुल ऊर्जा बचत गर्छ, जुन औसत घरलाई एक हप्ता चलाउन पर्याप्त हो।

आर्थिक विश्लेषण अनुसार, केएयुएसटी प्रणालीले प्रति टन इथिलिन १२४० डलर उत्पादन गर्न सक्छ, जुन हालको बजार मूल्यसँग मिल्दोजुल्दो छ। 

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

अल्मा टेलिस्कोप प्रयोग गरेर ग्रह निर्माणको रहस्यमा नयाँ खोज

आइतबार र सोमबार सार्वजनिक विदा

×