
काठमाडौं, भदौ २५ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘दशैं तिहार, १० गुणा उपहार’ योजना अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ।
धनगढी निवासी अभिषेक चौधरीले ह्युन्डाई क्रेटा गाडी खरिद गरी स्क्र्याच कार्डमार्फत रु १० लाख जित्दै अफरअन्तर्गतको पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका हुन्।
भदौ २ गतेदेखि सुरु भएको उक्त अफरमा ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स तथा सडक कर सुविधा प्राप्त गर्न सक्नेछन्।
साथै, प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइएको छ।
ह्युन्डाई नेपालले विजेता अभिषेक चौधरीलाई बधाई ज्ञापन गर्दै सम्पूर्ण ग्राहकहरूलाई नजिकको ह्युन्डाई शोरुममा गई अफरको लाभ उठाउन आग्रह गरेको छ।


Leave a Reply