
खगोलशास्त्रीहरूले पीडीएस ७० मा निर्माण हुँदै गरेको ग्रहको बहु-आवृत्तिको दृश्य प्राप्त गरेका छन्, जसले ग्रह विकासबारेको पुरानो मान्यतालाई चुनौती दिएको छ।
चिली विश्वविद्यालयकी स्नातकोत्तर विद्यार्थी ओरियाना डोमिङ्गेज-हामेटको नेतृत्वमा गरिएको एक नयाँ अध्ययन एस्ट्रोनमी एण्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको हो। अध्ययनकाअनुसार पीडीएस ७० सी बाट आउने रेडियो सङ्केत धुलोयुक्त डिस्कबाट होइन, आयनित ग्यासबाट उत्पन्न भएको हो।
एक युवा तारा र ग्रहको अनौठो सङ्केत
पीडीएस ७० तारा पृथ्वीबाट करिब ३७० प्रकाश वर्ष टाढा रहेकोसेन्टौरस तारामण्डलमा अवस्थित छ । यो प्रत्यक्ष रूपमा देखिएका दुईवटा प्रोटोप्लानेटहरूका लागि प्रसिद्ध छ। तीमध्ये पीडीएस ७० सीलाई ग्यास र धुलोले बनेको एक घेरोले घेरेको मानिन्छ, जसले ग्रहलाई ऊर्जा दिन्छ र सम्भवतः उपग्रह बनाउँछ। तर, यसको रेडियो उत्सर्जनको स्रोत अहिलेसम्म स्पष्ट थिएन।
अल्मा टेलिस्कोपको वान्ड ३, ४, ७ र ९ मा गरिएको अवलोकनमा पीडीएस ७० सीको स्थानमा तीन ब्यान्डमा सङ्केत देखिएको छ। तर, उच्चतम आवृत्ति वान्ड ९मा कुनै सङ्केत देखिएन। यो थर्मल धुलोबाट मात्र उत्सर्जन हुने सिद्धान्तलाई चुनौती दिएको उल्लेख छ।
यसको सट्टा, परिणामहरू आंशिक रूपमा अप्टिकली बाक्लो फ्रि-फ्रि उत्सर्जनबाट उत्पन्न भएको देखिन्छ — जुन इलेक्ट्रोन र आयनहरूको टक्करबाट उत्पन्न रेडियो प्रकाश हो। सरल भाषामा, पीडीएस ७०सीबाट आउने रेडियो प्रकाश ग्रहको वरिपरि रहेको सानो ग्यासयुक्त डिस्कको सतहबाट उत्पन्न भएको हो, जुन आयनित भएको कारणले हल्का चम्किलो पर्दा जस्तो देखिन्छ।
धुलो-रहित डिस्क र ग्रह विकासको नयाँ दृष्टिकोण
“हाम्रो अवलोकनले पीडीएस ७० सीलाई सामान्य धुलोयुक्त डिस्कले घेरेको छैन,” डोमिङ्गेज-हामेट भन्छिन्। “बरु आयनित ग्यासतर्फ इशाराको संकेत गरेको छ, जुन सम्भवतः ग्रहमा पदार्थ खस्दा उत्पन्न हुने झट्काबाट तातिएको हो। यसको अर्थ ग्रहमा अपेक्षाभन्दा हजार गुणा कम धुलो छ।”
स्पेक्ट्रमलाई सरल मोडेलहरूसँग तुलना गर्दा, निकै कम आयनाइजेसन अंशले देखिएको उत्सर्जनलाई स्पष्ट पार्न सक्छ। यो पहिलो पटक हो जब कुनै तारा वरिपरि रहेको वातावरणमा रेडियो उत्सर्जनको स्रोत पहिचान गरिएको हो।
“ग्यासयुक्त ग्रहहरू कसरी बन्छन् र तिनीहरूको उपग्रह कसरी बन्छन् भन्ने बुझ्न यो एक ठूलो उपलब्धि हो,” डोमिङ्गेज-हामेटका सल्लाहकार साइमन कासासस भन्छन्। “अल्माले अब केवल ग्रह वरिपरिका डिस्कहरू देख्न सक्ने होइन, तिनीहरूको उत्सर्जनको स्रोत पनि पत्ता लगाउन सक्छ।”
अल्मा वेधशालाका वैज्ञानिक जोन कार्पेन्टर भन्छन्, “धुलो र ग्यास उत्सर्जन छुट्याएर, हामीले युवा ग्रहहरूले कसरी पदार्थ संकलन गर्छन् र भविष्यका चन्द्रमा प्रणालीहरू कसरी सुरु हुन्छन् भन्ने प्रत्यक्ष दृश्य प्राप्त गर्छौं।”
यस खोजले निर्माण हुँदै गरेका विशाल ग्यास वरिपरि रहेको पदार्थको घनत्व, तापक्रम, र आयनाइजेसन अवस्थाबारे नयाँ जानकारी प्रदान गर्छ। साथै, ग्रह निर्माणको अन्तिम चरण अन्वेषण गर्न अल्माको अद्वितीय क्षमतालाई पनि उजागर गर्ने बताइएको छ।
Leave a Reply