2025-10-28

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

सरे विश्वविद्यालयको नेतृत्वमा सुरु गरिएको नयाँ अन्तर्राष्ट्रिय परियोजनाले क्वान्टम कम्प्युटिङमा हुने जानकारीको हराउने समस्यालाई समाधान गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले संवेदनशील क्वान्टम जानकारीलाई बिग्रन र हराउनबाट जोगाउने उपायमा केन्द्रित हुनेछ, जुन प्रविधिको विकासमा मुख्य बाधा बनेको छ।

यदि यो सफल भयो भने, यसले औषधि अनुसन्धान, वित्त, स्वच्छ ऊर्जा र नयाँ सामग्री डिजाइनजस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने शक्तिशाली र विस्तार गर्न सकिने क्वान्टम प्रणालीको बाटो खोल्न सक्ने उल्लेख छ।

यस परियोजनालाई युरोपेली क्वानटेराले पहलबाट युकेरीले १ मिलियन पाउण्ड सहयोग गरिएको छ । प्रोटेक्वूटी नामक परियोजनामा युरोप, बेलायत र इजरायलका विज्ञहरूलाई एकसाथ काम गर्नेछन् । सरे विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ताहरूले त्रुटिपूर्ण कम्पोनेन्टहरूको प्रयोग घटाउने स्मार्ट र स्थिर सर्किट विकास गरेर क्वान्टम मेमोरी सुधार गर्ने प्रयास गर्ने बताएका छन् ।

म्यागेनियम क्युबिट: नयाँ मेमोरी डिजाइन

यस परियोजनाको केन्द्रमा रहेको ‘म्यागेनियम क्युबिट’ नामक नयाँ डिजाइनले सानो, सममित क्वान्टम क्लस्टरको न्यूनतम ऊर्जा अवस्थामा जानकारी सुरक्षित राख्छ। यो संरचना स्वाभाविक रूपमा आवाज र अस्थिरता विरुद्ध प्रतिरोधी हुन्छ, जसले जानकारीलाई लामो समयसम्म टिकाउन मद्दत गर्न सक्छ।

डॉ. एरान गिनोसरलेले भने, “क्वान्टम मेमोरी अत्यन्तै नाजुक हुन्छ। क्यूबिटहरुले जानकारी छिट्टै बिर्सन्छन्, जसले ठूला र उपयोगी कम्प्युटर बनाउने काम कठिन बनाउँछ।” 

“यस परियोजनाले कम कम्पोनेन्ट प्रयोग गरेर भरपर्दो क्वान्टम कम्प्युटर बनाउने सम्भावना खोजिएको छ,” उनले भने।

वास्तविक समस्याहरू समाधान गर्न सयौंदेखि हजारौं लजिकल  क्यूबिट आवश्यक पर्छन्। आजको प्रविधिमा एक लजिकल क्वबिट बनाउन हजारौं अस्थिर क्यूबिट लाग्छ, जसले कुल आवश्यकता लाखौंमा पुर्‍याउँछ। यस परियोजनाले मेमोरीको संरचनामा नै सुरक्षा निर्माण गरेर यो संख्या घटाउने लक्ष्य राखेको बताइएको छ।

अगामी तीन वर्षमा टोलीले म्याग्नेनियम डिजाइनलाई दुई प्रमुख क्वान्टम हार्डवेयर प्लेटफर्म सुपरकन्डक्टिङ सर्किट र राइडबर्ग एटममा परीक्षण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ।

डॉ. मर्जेना स्जिमान्स्काले भने, “यो क्षेत्रमा काम गर्न अहिले निकै रोमाञ्चक समय हो। पहिलो क्वान्टम कम्प्युटरहरूले उपयोगी समस्याहरू समाधान गर्न थालेका छन् र क्लासिकल कम्प्युटरहरूलाई उछिन्ने अवस्थामा छन्। यो नयाँ क्वान्टम युगको सुरुवात हो।”

यो परियोजनाले व्यावसायिक क्वान्टम प्रणालीहरूका लागि आधार तयार गर्न सक्छ, जुन अझ विस्तारयोग्य, प्रभावकारी र व्यवहारिक हुनेछन्। प्रविधि भविष्यमा वित्त, ऊर्जा र औषधि क्षेत्रहरूमा प्रयोग गर्न सकिनेछ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

युरोपेली अन्तरिक्ष एजेन्सी (इसीए) ले टोकियोमा एसियाको पहिलो कार्यालय स्थापना गर्ने

युरोपेली अन्तरिक्ष एजेन्सीको एशोसियट सदस्य बन्ने तयारीमा साइप्रस

आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सर्न) को एसोसिएट सदस्य राष्ट्र बन्यो आयरल्यान्ड

प्रभु बैंकका ४ लाख २२ हजार संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

डब्लुएचओको चेतावनी : विश्वभर ३ अर्बभन्दा बढी मानिसमा स्नायु सम्बन्धी रोग, नीति अभावले संकट गहिरिंदै

नेपालमा जस्तो अवसर कतै देख्दिनँ : अध्यक्ष ढकाल

सवारी दुर्घटनाबाट जोगिन नयाँ प्रविधि: थ्रीडी प्रिन्टेड ट्विस्टिङ मेटामेटेरियल

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

×