2025-10-12

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

देशभर हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। 

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त तथ्याङ्क अनुसार, १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीहरूबाट उक्त रकम दाबी गरिएको हो।

अग्रिम भुक्तानीमा १ अर्ब ५८ करोड भुक्तानी 

बीमा कम्पनीहरूले हालसम्ममा करिब रू. १ अर्ब ५८ करोड ५६ लाख अग्रिम भुक्तानी स्वरूप बीमितहरूलाई प्रदान गरिसकेका छन्। आन्दोलनका क्रममा परेका २ हजार ७१० वटा दाबी मूल्याङ्कन तथा अनुगमनका लागि सर्भेयर खटाइएकोमा ३७४ वटा सर्भे प्रतिवेदन पेश भइसकेको छ।

सम्पत्ति बीमा दाबी १९ अर्ब नाघ्यो 

सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेका छन्, जसको रकम करिब रू. १९ अर्ब ६ करोड ७६ लाख रहेको छ। यसमध्ये करिब रू. १ अर्ब ३२ करोड ७२ लाख अग्रिम भुक्तानी भइसकेको छ। ५९८ वटा दाबी मूल्याङ्कनका लागि सर्भेयर खटाइएका छन् भने ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको छ।

मोटर बीमा दाबी ३ अर्ब ४१ करोड 

मोटर बीमातर्फ २ हजार २०६ वटा दाबी परेका छन्। दाबी रकम करिब रू. ३ अर्ब ४१ करोड ६ लाख रहेको छ। बीमकहरूले हालसम्ममा रू. २४ करोड ९१ लाख भुक्तानी गरिसकेका छन्। १ हजार ९३९ वटा दाबी मूल्याङ्कनका लागि सर्भेयर खटाइएका छन् भने ३१४ वटा सर्भे प्रतिवेदन प्राप्त भएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेका छन्, जसको रकम रू. ३८ करोड ३ लाख रहेको छ। अग्रिम भुक्तानी स्वरूप रू. ८७ लाख भुक्तानी भइसकेको छ। १२६ वटा दाबी मूल्याङ्कनका लागि सर्भेयर खटाइएकोमा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको छ।

परिवहन र अन्य बीमा 

परिवहन बीमातर्फ १२ वटा दाबी परेका छन्, जसको रकम रू. १ करोड ६३ लाख रहेको छ। अन्य बीमातर्फ ३८ वटा दाबी परेका छन्, जसको रकम रू. ३५ करोड ३७ लाख रहेको छ। अन्य बीमामा हालसम्ममा रू. ५ लाख ५० हजार भुक्तानी गरिएको छ।

नेपाल बीमा प्राधिकरणले बीमितको हित संरक्षणलाई प्राथमिकता दिँदै बीमा दाबी प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ।

सर्भे प्रतिवेदनको समयसीमा, छानबिनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकता दिइएको छ। साथै, प्राधिकरणले दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन गरिरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

बीमितको अधिकार सुनिश्चित गर्न दाबी भुक्तानी कार्यमा सुधार र तीब्रता ल्याउन प्राधिकरणले थप निर्देशन जारी गरेको जनाएको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई प्रदान

मंगल ग्रहमा धुलो नाच्ने बवण्डरले देखाए तीव्र हावा

आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड

‘मार्कर बल’ विद्युतीय लाइनमा किन राखिन्छ? यस्ता छन् कारण:

बायोमासबाट उत्पादित हाइड्रोजन प्रभावकारी विकल्प हुनसक्ने: अध्ययन 

×