2025-10-15

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

तस्बिर: भोल्कर मेयर/पेक्सेल्स

काठमाडौं, असोज २८ — जलवायु प्रतिरोधी, पोषिलो र दिगो कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालमा ‘नेग्लेक्टेड एण्ड अन्डरयुटिलाइज्ड क्रप स्पिसिज (एनयुएस) कन्क्लेव – २०२५’ आगामी कार्तिक २ गते धुलिखेलस्थित होटल हिमालयन होराइजनमा आयोजना हुने भएको छ।

बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन) को आयोजनामा, सिन्धु टुकी बिउ सहकारी संस्था र सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोकको सहकार्यमा तथा जीइएफ साना अनुदान कार्यक्रम (एसजीपी) – युएनडीपीको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ।

कन्क्लेव ‘नेपालमा एनयुएस बाली प्रवर्द्धनका लागि साझेदारीको साझेदारी’ भन्ने नाराका साथ आयोजना हुँदैछ। यो कार्यक्रम ‘नेपालमा गुणस्तरीय टार्टारी फापर उत्पादन तथा बजार व्यवस्थापनमा महिलाको क्षमता अभिवृद्धि’ परियोजनाको एक हिस्सा हो, जुन हाल सिन्धुपाल्चोकको सुनकोशी र लिसंखुपाखर गाउँपालिकामा कार्यान्वयन भइरहेको छ।

परियोजनाको उद्देश्य उच्च हिमाली क्षेत्रका लागि उपयुक्त, पोषक तत्वयुक्त र रुटिन-समृद्ध टार्टारी फापरको उत्पादन, मूल्य अभिवृद्धि तथा बजार पहुँच विस्तारमार्फत महिला किसानलाई सशक्त बनाउनु हो।

बीएसएनका अध्यक्ष नवीन नारायण मुननकर्मीले यस कन्क्लेवले अनुसन्धानकर्ता, नीति निर्माता, विकासकर्मी, किसान, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै थलोमा ल्याई उपेक्षामा परेका बालीमा आधारित जीविकोपार्जन र पोषण प्रवर्द्धनका लागि सहकार्यको रणनीति निर्माण गर्ने बताए ।

कार्यक्रमको उद्देश्यहरूमा एनयुएस बालीसम्बन्धी अनुसन्धान तथा सामुदायिक अनुभवहरू साझा गर्ने, उत्पादन, प्रशोधन र बजार विकासमा सहकार्य प्रवर्द्धन गर्ने, मूल्य श्रृंखला र उद्यम मोडेलको समझदारी बढाउने, स्थानीय खाद्य प्रणालीलाई दिगो बनाउने तथा राष्ट्रिय कृषि नीतिमा एनयुएस बालीलाई समावेश गराउने विषयहरू समावेश हुनेछन् ।

“एकदिने कार्यक्रममा जैविक खेती, एनयुएस नवप्रवर्तन, तथा विविध खाद्य वस्तु र मूल्य अभिवृद्धि गरिएका उत्पादनहरूको प्रदर्शनीसहित विज्ञ प्रस्तुति र अन्तरक्रियात्मक छलफलहरू हुने बीएसएनका अध्यक्ष मुननकर्मीले बताए।

आयोजकका अनुसार, कन्क्लेवले सरोकारलाहरुको सहभागिता सुनिश्चित गर्दै उपेक्षित बालीहरूलाई नेपालको कृषि विकासको मूलधारमा ल्याउन, ग्रामीण उद्यमशीलता, पोषसण र जलवायु सहनशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई प्रदान

मंगल ग्रहमा धुलो नाच्ने बवण्डरले देखाए तीव्र हावा

आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड

×