2025-10-16

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

NSF/AUI/NSF NRAO/पी. भोस्टिन, बी. स्याक्सटन

स्यान्टियागो, चिली, असोज ३०  । खगोल शास्त्रीहरूले पहिलो पटक एक युवा ताराको वरिपरि रहेको ग्रह निर्माणको डिस्कमा ‘हेभी वाटर’ (D₂O) अर्थात् डबल ड्युटेरियम युक्त पानीको खोज गरेका छन्। 

यो खोजले डिस्कमा रहेको पानी र त्यसबाट बन्ने धूम केतुहरूमा पाइने पानी तारा जन्मनुभन्दा पहिलैको हो, जुन प्राचीन आणविक बादलहरूबाट यात्रा गर्दै आएको हो।

अटाकामा ठुलो मिलिमिटर/सबमिलिमिटर एरे (एएलएमए) प्रयोग गरेर वैज्ञानिकहरूले भी८८३ ओरी (V883 Ori) नामक युवा ताराको वरिपरि रहेको डिस्कमा ‘हेभी वाटर’ को उपस्थिति पुष्टि गरेका हुन्। यो पानी ग्रह निर्माणको प्रारम्भिक चरणमा बनेको र ताराको जन्मभन्दा पहिलैको भएको वैज्ञानिकहरूको भनाइ छ।

“पानी तारा भन्दा पुरानो हो” वैज्ञानिकको निष्कर्ष

अनुसन्धानको प्रमुख लेखक तथा मिलान विश्वविद्यालयकी पोस्टडॉक्टरल शोधकर्ता मार्गोट लेम्करले भनिन्, “हाम्रो खोजले स्पष्ट रूपमा डिस्कमा देखिएको पानी तारा भन्दा पुरानो हो र तारा तथा ग्रह निर्माणको सबैभन्दा प्रारम्भिक चरणमा बनेको हो।” 

उनका अनुसार यस खोजले पानीको यात्रा सौरमण्डल र पृथ्वीमा पुग्ने प्रक्रियालाई बुझ्न सहज बनाएको छ।

बिलियन किलोमिटरको यात्रा, नष्ट नभएको पानी

हेभी वाटरको रासायनिक प्रक्रियाले यी पानीका अणुहरू तारा र ग्रह निर्माणको जटिल प्रक्रियाबाट पनि नष्ट नभई रहन सफल भएका छन्। यो पानी डिस्कमा पुनः निर्माण भएको होइन, बरु तारा निर्माणको सबैभन्दा चिसो र पुरानो चरणबाट सिधै हस्तान्तरण भएको अनुसन्धानमा भनिएको छ। “यो प्रकारको ब्रह्माण्डीय सम्पत्ति जसको अंश आज पृथ्वीमा पनि हुन सक्छ।”

अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठानको रेडियो खगोलशास्त्र वेधशालाका वैज्ञानिक तथा सह-लेखक जोन टोबिनले  भने “हामीलाई अहिलेसम्म थाहा थिएन धूम केतु र ग्रहहरूमा पाइने पानी नयाँ डिस्कमा बनेको हो कि प्राचीन अन्तरतारकीय बादलबाट आएको हो।” 

उनका अनुसार D₂O/H₂O अनुपातको प्रयोगले पानीको प्राचीन उत्पत्तिको प्रमाण दिएको छ । यसले बादल, डिस्क, धूम केतु र ग्रहबीचको सम्बन्ध स्पष्ट पारेको छ ।

जीवनको आधार पानी: ब्रह्माण्डसँगको सम्बन्ध

पानी जीवन र वास योग्यताका आधार हो। ग्रहहरूमा पानी कहाँबाट आउँछ भन्ने बुझ्नाले सौरमण्डल र अन्य प्रणालीहरूमा जीवनका तत्वहरू पहिचान गर्न मद्दत गर्छ। यो खोजका अनुसार धेरै नयाँ ग्रहहरू र सम्भवतः पृथ्वीभन्दा परका संसारहरू बिलियन वर्ष पुरानो पानीको वारिस हुन सक्छन्। वैज्ञानिकहरुले भनेका छन्, यसले हाम्रो अस्तित्व ब्रह्माण्डको प्राचीन इतिहाससँग गहिरो रूपमा जोडिएको छ भन्ने कुरा स्मरण गराउँछ।”

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई प्रदान

×