आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबीसम्बन्धी अद्यावधिक विवरण निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेका छन्। प्राप्त तथ्याङ्कअनुसार, १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३,१६६ वटा दाबीको रकम करिब रू. २३ अर्ब २० करोड ९१ लाख पुगेको छ।

बीमा कम्पनीहरूका अनुसार हालसम्म बीमितहरूलाई अग्रिम भुक्तानीसहित करिब रू. २ अर्ब १ करोड ९८ लाख रकम भुक्तानी गरिएको छ। आन्दोलनका क्रममा परेका क्षतिको मूल्याङ्कन तथा अनुगमनका लागि २,७९१ वटा दाबीमा सर्भेयर खटाइएकोमा ६५४ वटा सर्भे प्रतिवेदन पेश भइसकेको जानकारी प्राप्त भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

यसैबीच, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट २,७३३ वटा पुनर्बीमा दाबी परेका छन्। ती दाबीको रकम करिब रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको पुनर्बीमा कम्पनीले जनाएको छ। पुनर्बीमा कम्पनीले हालसम्ममा करिब रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई उपलब्ध गराइसकेको छ। साथै, ६० वटा दाबीको मूल्याङ्कन तथा अनुगमनका लागि संयुक्त बीमा सर्भेयर खटाइएको छ।

बीमा पोर्टफोलियोअनुसार दाबीको अवस्था र भुक्तानी प्रक्रिया क्रमशः अगाडि बढिरहेको बीमा कम्पनीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×