जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

काठमाडौं – हुन्डाईको पूर्ण रूपमा विद्युतीय फ्ल्यागशिप एसयूभी, आयोनिक ९ ले जर्मन प्रिमियम कार अफ द इयर २०२६ को प्रतिष्ठित उपाधि जितेको छ।

बजारमा प्रवेश गरेको तीन महिनामै प्राप्त यो सम्मानले हुन्डाईको विश्वव्यापी प्रिमियम इलेक्ट्रिक सवारी क्षेत्रको द्रुत प्रगति र नवप्रवर्तन, डिजाइन तथा दिगो गतिशीलताप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको हुन्डाई जनाएको छ।

४० स्वतन्त्र मोटर पत्रकारहरूको निर्णायक मण्डलले आयोनिक ९ (IONIQ 9)लाई उत्कृष्ट डिजाइन, अत्याधुनिक ८००-भोल्ट फास्ट चार्जिङ प्रविधि, र तीन पंक्तिको आरामदायक तथा व्यक्तिगत अनुभव दिने इन्टेरियरका आधारमा विजेता घोषित गरेको हो। निर्णायकहरूले यसको प्रविधि, स्थानको उपयोग, र मानव-केंद्रित सुविधाहरूको प्रशंसा गरेका छन्।

“आयोनिक ९ नवप्रवर्तनशील डिजाइन, प्रगतिशील सोच र दिगो गतिशीलताप्रतिको प्रतिबद्धताको ब्रान्ड हो,” हुन्डाई मोटर युरोपका अध्यक्ष तथा सीईओ जेभियर मार्टिनेटले भने। “यस्ता पुरस्कारहरूले हामी सही बाटोमा छौं भन्ने पुष्टि गर्छन् र अझ प्रेरणादायी विद्युतीय सवारी निर्माण गर्न हामीलाई हौसला दिन्छन्।”

हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म (E-GMP) मा आधारित आयोनिक ९ ले १० देखि ८० प्रतिशतसम्मको चार्ज २४ मिनेटमै पूरा गर्न सक्छ। यसले ५ सय किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज (WLTP अनुसार) प्रदान गर्छ। यसमा एआई-सहयोगयुक्त भ्वाइस रिकग्निशन, नयाँ पुस्ताको कनेक्टिभिटी र वातावरणमैत्री सामग्रीहरू समावेश छन्।

यो अन्तर्राष्ट्रिय सफलता हुन्डाई नेपालको विद्युतीय सवारी प्रवर्द्धन अभियानसँग पनि मेल खान्छ। कोना ईभी र आयोनिक ५ जस्ता मोडेलहरू नेपाली बजारमा अग्रणी छन् भने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. मार्फत स्थानीय असेंबली क्षमताले विश्वस्तरीय ईभीहरू नेपाली उपभोक्तासम्म पुर्‍याउने प्रयासलाई सशक्त बनाएको छ।

जर्मन कार अफ द इयर (GCOTY) युरोपको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल पुरस्कारमध्ये एक हो। हरेक वर्ष कम्प्याक्ट, प्रिमियम, लक्जरी, न्यू एनर्जी र परफर्मेन्स जस्ता  पाँच श्रेणीमा नयाँ सवारीहरूको डिजाइन, प्रविधि, दक्षता र नवप्रवर्तनका आधारमा मूल्याङ्कन गरिन्छ।

प्रिमियम श्रेणीमा आयोनिक ९ को जितले हुन्डाईको विद्युतीय गतिशीलतामा विश्व नेतृत्व र प्रिमियम ईभीको परिभाषा पुनःनिर्धारण गर्ने प्रतिबद्धतालाई उजागर गरेको हुन्डाईले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

कृषि विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने

दीर्घकालीन घाउ उपचारमा नयाँ आशा

×