तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (न्यान)ले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो तिहार फ्लोरा एक्स्पो-२०८२ सम्पन्न भएको छ ।

एक्स्पो समापन कार्यक्रमका प्रमुख अतिथि अभिनेत्री मनीषा कोइरालाले उपत्यकामा पाइने रैथाने फूलको संरक्षण गर्न पर्ने बताइन । उनले भनिन्,”नेपालमा पाइने रैथाने वनस्पति तथा पुष्पको सम्बन्धित निकायले संरक्षण गर्नुपर्छ।”

पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले ‘फूल’  मित्रता, प्रेम, सदभाव र सम्मानको प्रतीक भएको बताए। “नेपाल जैविक विविधताले धनी देश हुनुका साथै फूलले मानिसहरूलाई एक आपसमा एकता कायम राख्न सहयोगी हुनेछ,” पूर्वमन्त्री साहले भने ।

संघले असोज २८ गतेदेखि कार्तिक १ गते गरेको पाँच दिने फूल एक्स्पोमा करिब ४० हजारले अवलोकन गरेको जनाएका छन् । न्यानका अध्यक्ष रामप्रसाद तिमल्सिनाले एक्स्पोमा १ करोड भन्दा बढी आर्थिक कारोबार भएको बताए ।

उनका अनुसार एक्स्पोमा वनस्पति विभाग, पुष्प विकास केन्द्र तथा प्रतिस्पर्धीका स्टललगायत गरी ७० स्टल सहभागी थिए ।

एक्स्पोमा फूल फुल्ने तथा नफुल्ने फूलका बिरुवाका साथै कृषि तथा वन र जडिबुट्टी लगायतको बिक्री वितरणका लागि राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

×