2025-10-25

सवारी दुर्घटनाबाट जोगिन नयाँ प्रविधि: थ्रीडी प्रिन्टेड ट्विस्टिङ मेटामेटेरियल

सवारी दुर्घटनाको प्रभाव कम गर्न सकिने नयाँ प्रविधि विकास भएको छ । नवितन मेटामेटेरियलले आगामी वर्षहरूमा गाडीको सुरक्षामा क्रान्ति ल्याउन सक्नेछ। स्कटल्याण्ड र इटालीका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको यो ‘ट्विस्टिङ मेटामेटेरियल’ थ्रीडी प्रिन्टिङ प्रविधिबाट स्टिल प्रयोग गरी बनाइएको हो।

अनुसन्धान टोलीले ‘एडाप्टिभ ट्विस्टिङ मेटामेटेरियल’ नामक नयाँ संरचना तयार पारेका छन्, जुन परम्परागत फोम वा क्रम्पल जोनभन्दा फरक ढंगले प्रभाव सोस्न सक्ने क्षमता राख्छ। यसको विशेष जिरोइड लाटिस संरचनाले बाह्य बल लाग्दा आफैँमा ट्विस्ट भएर ऊर्जा सोस्ने काम गर्छ।

यो मेटामेटेरियलले विभिन्न प्रकारका झट्काहरूमा भिन्न प्रतिक्रिया दिन सक्छ। अनुसन्धानकर्ताहरुले प्रयोगशालामा गरिएको परीक्षणमा तीव्र झटका र बिस्तारै बढ्दै जाने तनावको मूल्याङ्कन गरेका थिए । जब ट्विस्ट नभएको बेला अधिकतम स्टिभनेस देखायो र प्रति ग्राम १५.३६ जुल ऊर्जा खपत भयो। स्वतन्त्र ट्विस्ट गर्दा स्टिभनेस र ऊर्जा खपत क्षमता करिब १० प्रतिशतले घट्यो। तेस्रो संस्करणमा अत्यधिक ट्विस्ट गरिँदा ऊर्जा खपतको क्षमता ३३ प्रतिशतले घट्यो।

ग्लास्गो विश्वविद्यालयका प्रोफेसर शनमुगम कुमारको नेतृत्वमा गरिएको अनुसन्धानले कुनै जटिल इलेक्ट्रोनिक्स वा हाइड्रोलिक्स बिना नै यान्त्रिक नियन्त्रणबाट अनुकूल हुन सक्छ। “जब हामी कम्प्रेसन लागू गर्छौं, जिरोइड लाटिसले ट्विस्टमा रूपान्तरण गर्छ र सीमा सर्त परिवर्तन गरेर ऊर्जा सोस्ने गुणहरू ट्युन गर्न सकिन्छ,” उनले भने।

सवारी र अन्तरिक्ष सुरक्षामा सम्भावना

अनुसन्धानकर्ताहरूले यो प्रविधि सवारी सुरक्षादेखि लिएर अन्तरिक्ष सुरक्षासम्म उपयोगी हुन सक्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसले झटका ऊर्जा घुमाउने गतिज ऊर्जामा रूपान्तरण गरेर ऊर्जा संकलनको नयाँ ढोका खोल्न सक्छ।

यो अनुसन्धानमा इटालीका पोलिटेक्निक युनिभर्सिटी अफ मार्चे, युनिभर्सिटी अफ ल’एक्विला र नेशनल इन्स्टिच्युट फर न्युक्लियर फिजिक्सका वैज्ञानिकहरूको समेत योगदान रहेको छ। ‘एडाप्टिभ ट्विस्टिङ मेटामेटेरियल्स’ शीर्षकको अनुसन्धानपत्र प्रतिष्ठित जर्नल ‘एडभान्स्ड मेटेरियल्स’ मा प्रकाशित भएको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×