युरोपेली अन्तरिक्ष एजेन्सी (इसीए) ले टोकियोमा एसियाको पहिलो कार्यालय स्थापना गर्ने

युरोपेली अन्तरिक्ष एजेन्सी (इसीए) ले एसियामा पहिलो कार्यालय टोकियोमा खोल्ने घोषणा गरेको छ। यस कदमले जापानको अन्तरिक्ष एजेन्सी जाक्सा र जापानको तीव्र गतिमा बढिरहेको अन्तरिक्ष उद्योगसँगको सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।

नयाँ कार्यालय टोकियोको नवप्रवर्तन केन्द्र एकुनिहोनबासीमा हुनेछ, जहाँ इसीएले जापानी स्टार्टअप, अनुसन्धानकर्ता र सरकारी निकायहरूसँग मिलेर काम गर्नेछ।

यो घोषणा २०२५ अक्टोबर २८ मा निहोनबासी स्पेश सप्ताहमा इसीएका रणनीति, कानुनी र बाह्य मामिला निर्देशक एरिक मोरेल डे वेस्टगाभरले गरेका थिए। उनले युरोप र जापानबीचको ५० वर्षभन्दा लामो सहकार्यको चर्चा गर्दै अर्थकेर, बीपीकोलम्बो र हेराजस्ता संयुक्त मिसनहरू उल्लेख गरे।

इसीएका महानिर्देशक जोसेफ आस्चबाखरले भने, “हाम्रो सम्बन्ध विश्वास र वैज्ञानिक उत्कृष्टतामा आधारित छ। जापानमा कार्यालय खोल्नु हाम्रो सहकार्यलाई पृथ्वी अवलोकनदेखि ग्रह सुरक्षा, विज्ञान, मानव तथा रोबोटिक अन्वेषण र व्यावसायिक क्षेत्रमा विस्तार गर्ने स्पष्ट संकेत हो।”

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले इसीएको उपस्थिति स्वागतयोग्य भएको बताए। उनले २०२४ नोभेम्बरमा हस्ताक्षर गरिएको “नेक्स्ट विग कर्पोरेसन” संयुक्त घोषणापत्रको स्मरण गर्दै यसले दुई एजेन्सीबीचको सम्बन्ध अझ गहिरो बनाउने विश्वास व्यक्त गरे।

इसीएको कार्यालय एकुनिहोनबासी टावरमा हुनेछ, जुन मित्सुआइ फुडोसान र क्रस यु द्वारा सञ्चालित हो। यो स्थान जापानको अन्तरिक्ष व्यवसाय समुदायको केन्द्र बन्दै गएको छ।

दिगो अन्तरिक्ष प्रयोग, जलवायु निगरानी, र प्रतिस्पर्धी अन्तरिक्ष अर्थतन्त्रजस्ता साझा लक्ष्यहरूका साथ इसीए र जापानको सम्बन्ध विश्वव्यापी अन्तरिक्ष सहकार्यको एक महत्वपूर्ण आधार बन्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×