जेन–जी आन्दोलनका क्षतिपूर्तिमा करिब रू. २ अर्ब ७९ करोड भुक्तानी

काठमाडाैँ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म करिब रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरिएको छ। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी रकम करिब रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको छ।

बीमा प्रकारअनुसार भुक्तानी विवरणअनुसारसम्पत्ति बीमा ६७३ दाबीमध्ये करिब रू. १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये रू. २ अर्ब २७ करोड ११ लाख भुक्तानी गरिएको छ ।

मोटर बीमा २,२७० दाबीमध्ये रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये रू. ४७ करोड ७७ लाख भुक्तानी गरिएको छ भने इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा १९२ दाबीमध्ये रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये रू. ४ करोड ६२ लाख भुक्तानी गरिएको छ। 

त्यस्तै, अन्य बीमा ४० दाबीमध्ये रू. ३८ करोड ७२ लाख दाबी रकममध्ये रू. २२ लाख र परिवहन बीमा १२ दाबीमा रू. १ करोड ६६ लाख दाबी रकम भुक्तानी गरिएको छ ।

प्रदेशगत बीमा दाबी र भुक्तानी विवरण:

जेन–जी आन्दोलनसँग सम्बन्धित १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीमा परेका ३,१८७ दाबीको कुल रकम करिब रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको छ।

त्यस्तै, पुनर्बीमा कम्पनीबाट पेश्की भुक्तानी पनि गरिएको छ। नेपाल पुनर्बीमा कम्पनीले बीमकहरूलाई करिब रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी उपलब्ध गराएको छ। कम्पनीमा परेका २,८६८ पुनर्बीमा दाबीको कुल रकम करिब रू. १६ अर्ब ५ करोड १३ लाख रहेको छ।

यसबीचमा बीमितहरूलाई थप भुक्तानी प्रक्रिया जारी रहेको बीमा प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×