2025-11-01

एनडीपीएलको साधारण सभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई ठुला रोजगारमूलक आयोजनामा समेट्दै

काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल)को प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । 

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरूसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठुला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।

साथै, कम्पनीले सम्भाव्यता देखिएका जलविद्युत, पर्यटन, सूचना प्रविधि जस्ता ठुला शहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगहरूमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडीपी भेन्चर तथा एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी तथा शहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ ।

साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कम्पनीले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरुको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरू गरेको बताए ।

उनले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरूको मनोबल खस्किएको र थप लगानीको लागि तयार हुन समय लाग्न सक्ने भएकोले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको बताए।

अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरूको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिका यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने बताए ।

“अहिले मुलुकको अर्थतन्त्र विशिष्ट अवस्थाबाट गुज्रिएको छ । बजारमा मागमा भएको कमीले आर्थिक गतिविधिहरू सुस्ताएका छन्। व्यवसायीहरूमा थप र नयाँ लगानी गर्ने आँट र मनोबल खस्किँदो छ,”  अध्यक्ष ढकालले भने, “यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठुला र रणनीतिक उद्योग, व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सृजना गर्न सक्छौ ।”।

अध्यक्ष ढकालले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट व्यापक चासो व्यक्त भएको बताए ।

“म हालै आईएमएफको एउटा कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुगेको थिए । त्यहाँ मसँगको भेटमा त्यहाँ रहेका नेपालीहरुको नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीको बारेमा धेरै चासो राख्नुभएको थियो । यस अघि पनि विभिन्न देशमा पुग्दा धेरै नेपालीहरुले यस कम्पनीका बारेमा चासो राख्नुभएको छ । हामीले लगानीका लागि राम्रा परियोजनाहरु पहिल्याउँदै जानुपर्छ । धेरै स्वदेसी लगानीकर्ता तथा गैर आवासीय नेपालीहरुले यसमा लगानी गर्न तयार हुनुहुन्छ,” उनले भने ।

साथै, उहाँले यस कम्पनीले स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा उद्योग/व्यवसाय स्थापना, सञ्चालन तथा विस्तार गर्नका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरूको पुनरुत्थान र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरूलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइने बताउनुभयो । 

अध्यक्ष ढकालले यस कम्पनी मार्फत लगानी गरी मुलुकको आर्थिक सम्मृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैर आवासीय नेपालीहरूलाई आग्रह समेत गरे । 

एक वर्ष अघि स्थापना गरिएको यस कम्पनीको कूल पुँजी १० अर्ब रुपैयाँ रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयरधनी रहेका छन् ।

यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सृजना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठुला उद्यमी, व्यवसायी तथा गैर आवासीय नेपालीहरुको समेत लगानीमा स्थापना गरिएको हो ।

बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरूलाई समेटी राष्ट्रिय स्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामूलक इक्यूटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो । 

जसअनुसार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्स, गैर आवासीय नेपाली सङ्घ र यिनमा आबद्ध सदस्यहरूलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

भियतनामका चरा प्रजातिहरूको अद्यावधिक मूल्याङ्कन: संरक्षण प्राथमिकता पुनः परिभाषित

तपाईं भावनात्मक बेवफाइप्रति बढी ईर्ष्या गर्नुहुन्छ कि यौन बेवफाइप्रति?

ऊर्जा रूपान्तरणमा डिजिटलाइजेशन र एआईले ल्याउँदै क्रान्तिकारी परिवर्तन: आइरेना प्रतिवेदन

जेन–जी आन्दोलनका क्षतिपूर्तिमा करिब रू. २ अर्ब ७९ करोड भुक्तानी

साधारण क्यामेराबाट ब्याट्रीको स्वास्थ्य थाहा पाउने प्रविधि : अनुसन्धान

आकर्षक तारापुञ्जबाट उत्पन्न भएको बादलजस्तो तारामण्डल

गाजा सेवन गर्ने १५ वर्ष मुनीका बालबालिकामा मानसिक तथा शारीरिक समस्या उच्च : अध्ययन

गहुँको परालबाट बनेको बायोचारले मकै उत्पादनमा उल्लेखनीय सुधार

×