राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको तेह्रौँ संस्करणको आवेदन खुल्यो

काठमाडौँ । नेपालका लागि तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ । 

यस कार्यक्रमको सिनियर विधामा जुलाई १, २००६ वा त्यसपछि जन्मेका हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ।

त्यसैगरी, जुनियर विधामा जुलाई १, २०१० वा त्यसपछि जन्मेका कक्षा हाल ८ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । इच्छुक विद्यार्थीहरूले पुस २५, २०८२ सम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गर्नुपर्ने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

उनका अनुसार पहिलो चरणको परीक्षा आगामी माघ ३ गते शनिवार दिउँसो १२ बजे देखि २ बजे सम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर, धनगढीमा एकै पटक सञ्चालन गरिने छ।

तीन चरणमा सञ्चालन गरिने यो कार्यक्रमको अन्तिम चरण मार्फत प्रत्येक विधामा बढीमा १० विद्यार्थीहरूलाई २०२६ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने मौका प्रदान गरिने उल्लेख छ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्ष भन्दा मुनिका विद्यार्थीले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्दछन् । 

आवेदन सम्बन्धी सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

×