
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार उल्लेख्य रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म कम्पनीहरूले ९ अर्ब ५४ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.५५ प्रतिशत वृद्धि हो। गत वर्ष सोही अवधिमा कम्पनीहरूले जम्मा ७ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए।
यस वर्ष भने अधिकांश कम्पनीहरूले व्यापार विस्तार गरेका छन्, तर दुई कम्पनीको कारोबार भने घटेको देखिएको छ ।
त्यस्तै, समग्रमा जीवन बीमा बजारमा नयाँ व्यापार विस्तारको लहर देखिएको छ। नेपाल लाइफ अग्रस्थानमा रहँदा आइएमई लाइफले सबैभन्दा उच्च दरमा वृद्धि हासिल गरेको छ।
बढेका कम्पनीहरू
| कम्पनी नाम | प्रथम बीमा शुल्क (रकम) | वृद्धि (%) |
|---|---|---|
| नेपाल लाइफ | २ अर्ब ७० करोड ७९ लाख | ४२.४९% |
| नेशनल लाइफ | १ अर्ब ३१ करोड ६९ लाख | १८.७२% |
| आइएमई लाइफ | ४२ करोड ४७ लाख | ७०.६५% |
| रिलायवल नेपाल लाइफ | — | ३८.२६% |
| सिटिजन लाइफ | — | ३४.३९% |
| एलआइसी नेपाल | — | ३१.५२% |
| एशियन लाइफ | — | २९.९८% |
| सानिमा रिलायन्स | — | २७.८५% |
| राष्ट्रिय जीवन बीमा कम्पनी | — | २७.१८% |
| प्रभू महालक्ष्मी | — | २२.५१% |
| मेट लाइफ | — | १७.७२% |
| सूर्यज्योति लाइफ | — | ५.०३% |
घटेका कम्पनीहरू
| कम्पनी नाम | प्रथम बीमा शुल्क (रकम) | घट (%) |
|---|---|---|
| हिमालयन लाइफ | ५४ करोड ६६ लाख | ८.४३% |
| सन नेपाल लाइफ | १९ करोड ७४ लाख | ४.६९% |


Leave a Reply