निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै सम्पन्न ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा निजी क्षेत्रमाथि भएका आक्रमणको कडा विरोध गर्दै सरकारसँग पुनर्निर्माण र सुधारका लागि सहकार्यको आह्वान गरेको छ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक आशा र संशयको दोबाटोमा उभिएको उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरण र सुशासन स्थापनाका लागि सरकारको प्रयासको स्वागत गरे। उनले भने, “निजी क्षेत्र जुर्मुराउन खोजिरहेको छ, तर व्यवसायीका शयनकक्षसम्म लुटपाट हुनु दुःखद हो।”

उनले निजी क्षेत्रले रोजगारी सिर्जना, राजश्व योगदान र निर्यातमा महत्वपूर्ण भूमिका खेलेको तथ्य प्रस्तुत गर्दै भने, “नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ, आयकरमा ८० प्रतिशतभन्दा बढी योगदान छ।”

महासंघले प्रदर्शनका क्रममा करिब ४८ अर्बको भौतिक क्षति र ८८ अर्ब बराबरको कुल नोक्सानी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। अध्यक्षले राष्ट्रिय योजना आयोगसँग मिलेर विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए।

कार्यक्रममा निजी क्षेत्रको सुरक्षाका लागि गृह मन्त्रालयले उद्योग वाणिज्य संघलाई जिल्ला सुरक्षा समितिमा समावेश गर्ने निर्णयको स्वागत गरिएको छ। अध्यक्ष ढकालले लुटपाट र आगजनीमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै भने, “दण्डहीनता मौलाउन दिनु हुँदैन।”

महासंघले व्यवसायिक वातावरण सुधारका लागि नागरिक एपबाट व्यवसाय दर्ता, नविकरणको आवश्यकता हटाउने, करदाता सेवा वडाबाट उपलब्ध गराउने लगायतका सुझाव पनि राखेको छ।

युवा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप नीति कार्यान्वयन, परियोजना कर्जा, डेटा सेन्टर, एआई प्रविधिको प्रयोग लगायतका योजनालाई एकीकृत गरी विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ।

अध्यक्षले सार्वजनिक र निजी क्षेत्रबाट निर्माण हुने पूर्वाधारमा अवरोध नहुने सुनिश्चितता माग गर्दै वन, वातावरण र जग्गा भोगाधिकारका विषयमा तदारुकता देखाउन सरकारलाई अनुरोध गरे।

महासंघले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी आन्तरिक पूँजी परिचालनमार्फत ठूला पूर्वाधारमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन सार्वजनिक महत्वको प्रस्ताव मन्त्रीपरिषदबाट पारित गर्न र निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन कार्यक्रम तत्काल लागू गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×