ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित ज्योति विकास बैंक क्षेत्रीय कार्यालयका दुई कर्मचारीमाथि सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक तथा सहयोगीहरूले नियोजित रूपमा आक्रमण गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण गराएको छ।

बैंकका अनुसार, रुपनी शाखाका ऋणीसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न कर्मचारीहरू फर्मको कार्यालय पुगेका थिए। तर छलफलका क्रममा सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई दुर्व्यवहार गर्दै ज्यानमार्ने उद्देश्यले आक्रमण गरेको बैंकले प्रेस विज्ञप्तिमा जनाएको छ।

घटनामा स्थानीय उपमेयरको समेत संलग्नता रहेको उल्लेख गर्दै बैंकले यसलाई अत्यन्त खेदजनक आपराधिक गतिविधि भनेको छ। कर्मचारीहरूलाई नियन्त्रणमा राखी धितो लिलामी स्थगनको निर्णय तत्कालै केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिइएको र सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंकलाई विकल्पविहीन अवस्थामा पत्र जारी गर्न बाध्य बनाइएको बैंकले जानकारी दिएको छ।

ज्योति विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको नियमनमा रहेर विभिन्न ऐन तथा नियमको पालना गर्दै बैंकिङ व्यवसाय सञ्चालन गर्ने राष्ट्रिय स्तरको विकास बैंक भएको उल्लेख गर्दै, सो व्यवसायिक दायित्व निर्वाह गर्ने क्रममा कर्मचारीमाथि भएको आक्रमणलाई बैंकले दुर्भाग्यपूर्ण भनेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक तथा आपराधिक गतिविधिको निशानामा परिरहेको सन्दर्भमा यस घटनाले थप चिन्ता बढाएको बैंकले जनाएको छ। अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको र यस्ता आपराधिक मनसायका गतिविधिहरू विरुद्ध सदैव कडा रूपमा उभिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

×