‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

काठमाडौं, पुस ४। नेपालमा वुड, इन्टेरियर तथा फर्निचर क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२ भृकुटीमण्माडपमा शुक्रबारदेखि सुरु भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले संयुक्त रुपमा आयोजना गरेको एक्स्पो पुष ४ देखि ६ गतेसम्म चल्नेछ ।

सो प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा अन्य उत्पादन तथा सेवासम्बन्धी १ सय भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा प्रविधिहरू प्रदर्शनीमा राखेका छन्।
यस वर्षको एक्स्पोमा नेपालका साथै भारत, चीन, बंगलादेश, जर्मनी, टर्की लगायतका देशका कम्पनीहरूले पनि सहभागिता जनाएको आयोजकले जनाएको छ। 

आयोजकका अनुसार नेपाल वुड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पोमा सहभागी कम्पनीहरूले नेपालमा उपलब्ध उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे छलफल हुनेछ।

प्रदर्शनीले नेपालमा वुड, इन्टेरियर तथा फर्निचर क्षेत्रको विकासमा महत्वपूर्ण योेगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले उद्योगी व्यवसायीलाई नयाँ अवसर सिर्जना गर्ने र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशनले सहयोगी संस्थाको भूमिकामा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

×