|
Getting your Trinity Audio player ready…
|
काठमाडौं, पुस ५ । २०८२ साल असोज १८ गतेयता देशभर परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म ७९० वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका छन्। ती दाबीहरूको कुल रकम करिब रू. ४ अर्ब १८ करोड २६ लाख रहेकोमा हालसम्म ९६ वटा दाबीमा करिब रू. ११ करोड १५ लाख बीमितलाई भुक्तानी गरिएको अद्यावधिक तथ्याङ्क प्राप्त भएको छ।
१३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त विवरणअनुसार सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबी दर्ता भएका छन्। तीमध्ये ३३ वटा दाबीमा करिब रू. ९ करोड ६४ लाख भुक्तानी भएको छ। इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा दाबी दर्ता भई ७ वटा दाबीमा करिब रू. ९ लाख भुक्तानी भएको छ।
कृषि तथा बाली बीमातर्फ २१० वटा दाबी दर्ता भई ४२ वटा दाबीमा करिब रू. १९ लाख भुक्तानी भएको छ। मोटर बीमा (निजी) तर्फ ४० वटा दाबी दर्ता भई १२ वटा दाबीमा करिब रू. १ करोड २० लाख भुक्तानी भएको छ। सामुद्रिक बीमातर्फ ४ वटा दाबी दर्ता भई २ वटा दाबीमा करिब रू. ३ लाख भुक्तानी भएको अद्यावधिक विवरण छ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीमा करिब रू. १ करोड १९ लाख र लघु बीमातर्फ २ वटा दाबीमा करिब रू. १२ लाख रकम दर्ता भए पनि हालसम्म भुक्तानी प्रक्रिया सुरु नभएको बीमा कम्पनीहरूले जनाएका छन्।


Leave a Reply