|
Getting your Trinity Audio player ready…
|

नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिना भित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।
प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीयविवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाललाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेशनललाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायवल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड रएलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।
यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ ।
यस्तै, लघु बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ ।
प्राधिकरणबाट इजाजत पत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू संचालनमा रहेका छन् ।


Leave a Reply