काठमाडौं, पौष १८ । मुक्तिनाथ विकास बैंकले आफ्नो २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा योगदान पुर्याउने उद्देश्यसहित “मुक्तिनाथ एग्रीफाइन्यान्स-३६०” कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताए । उनले महिला–मैत्री कृषि, प्रविधिसँग जोडिएको युवा स्वरोजगार, साना किसानको वित्तीय पहुँच विस्तार र स्तरोन्नतिमा सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
विशेष अतिथि मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको मूल्य शृंखला विकासमा राज्य, निजी क्षेत्र र वित्तीय संस्थाको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाले कृषि सम्बन्धी सहायक कम्पनी स्थापना गर्न सक्ने सुझाव दिए ।
बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीका चुनौती र अवसर” विषयमा प्रस्तुति दिँदै कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, न्यून उत्पादकत्व र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। उनले डिजिटल वित्तीय सेवा, वैकल्पिक कर्जा मूल्याङ्कन प्रणाली, कृषि बीमा तथा निजी क्षेत्रसँग सहकार्यलाई सम्भावनाका रूपमा प्रस्तुत गरे।
“नेपालमा कृषि उद्यम कसरी फस्टाउन सक्छ?” विषयमा आयोजित प्यानल छलफलमा नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, उद्योग वाणिज्य महासंघ तथा कृषक उद्यमी सहभागी थिए। छलफलबाट कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने, जोखिम व्यवस्थापनमा नीतिगत सुधार गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने तथा प्रविधिमैत्री कृषि विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालियो।
कार्यक्रममा नेपाल सरकारका कृषि निकाय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, अनुसन्धानकर्ता, निजी क्षेत्र तथा सञ्चारकर्मी गरी करिब ३५० जनाको सहभागिता रहेको बैंक जनाएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले समापन टिप्पणी राख्दै मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण समृद्धि, वित्तीय समावेशीकरण र कृषि उद्यम प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ।
हामी तपाइँको प्राथमिकताहरु र दोहोर्याइएको भ्रमणहरू सम्झेर तपाइँलाई सबैभन्दा सान्दर्भिक अनुभव दिन हाम्रो वेबसाइटमा कुकीहरू प्रयोग गर्दछौं। "सबै स्वीकार गर्नुहोस्" मा क्लिक गरेर, तपाइँ सबै कुकीहरू प्रयोग गर्न सहमत हुनुहुन्छ। यद्यपि, तपाइँ एक नियन्त्रित सहमति प्रदान गर्न "कुकी सेटिङहरू" मा जान सक्नुहुन्छ।
This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
कार्यात्मक कुकीहरूले सामाजिक मिडिया प्लेटफर्महरूमा वेबसाइटको सामग्री साझा गर्ने, प्रतिक्रियाहरू सङ्कलन गर्न, र अन्य तेस्रो-पक्ष सुविधाहरू जस्ता निश्चित कार्यहरू गर्न मद्दत गर्दछ।
प्रदर्शन कुकीहरू वेबसाइटको मुख्य कार्यसम्पादन अनुक्रमणिकाहरू बुझ्न र विश्लेषण गर्न प्रयोग गरिन्छ जसले आगन्तुकहरूको लागि राम्रो प्रयोगकर्ता अनुभव प्रदान गर्न मद्दत गर्दछ।
आगन्तुकहरूले वेबसाइटसँग कसरी अन्तरक्रिया गर्छन् भनेर बुझ्न विश्लेषणात्मक कुकीहरू प्रयोग गरिन्छ। यी कुकीहरूले आगन्तुकहरूको संख्या, बाउन्स दर, ट्राफिक स्रोत, आदि मेट्रिक्समा जानकारी प्रदान गर्न मद्दत गर्दछ।
विज्ञापन कुकीहरू आगन्तुकहरूलाई सान्दर्भिक विज्ञापनहरू प्रदान गर्न प्रयोग गरिन्छ। यी कुकीहरूले वेबसाइटहरूमा आगन्तुकहरूलाई ट्र्याक गर्छन् र अनुकूलित विज्ञापनहरू प्रदान गर्न जानकारी सङ्कलन गर्छन्।
वेबसाइटलाई राम्ररी काम गर्नका लागि आवश्यक कुकीहरू एकदमै आवश्यक छन्। यी कुकीहरूले वेबसाइटको आधारभूत कार्यक्षमताहरू र सुरक्षा सुविधाहरू सुनिश्चित गर्छन्, गुमनाम रूपमा।
Leave a Reply