|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, पौष २६ । नेपालमा टिकटकको सर्च सुविधा तीव्र गतिमा सामग्री खोजीको प्रमुख माध्यम बन्दै गएको छ। प्रयोगकर्ताहरूले अब मनोरञ्जन मात्र नभई शिक्षा, यात्रा, खाना, जीवनशैली, सौन्दर्य तथा समाचार बुझाइका लागि टिकटकलाई प्राथमिक स्रोतको रूपमा प्रयोग गर्न थालेका छन्।
गत वर्षभरि नेपालमा टिकटकमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, समाचार व्याख्या तथा दैनिक क्षणसँग सम्बन्धित खोजहरू उल्लेखनीय रूपमा बढेका छन्। #वुकअनटीकटक, #ट्राभलटक, #वुकटक #फूठटक जस्ता ह्यासट्यागमा खोजी दर उच्च भएको देखिएकाे टिककटले जनाएकाे छ ।
दक्षिण एसियाका कन्टेन्ट अपरेशन्सका उमाइस नविदले नेपालमा टिकटक सर्चलाई कुनै विषय बुझ्न, प्रेरणा लिन वा व्यवहारिक जानकारी पाउनको लागि प्राकृतिक सुरुवातको रूपमा प्रयोग गरिरहेको बताए। “टिकटकलाई विशेष बनाउने कुरा यसको समुदायको प्रामाणिकता हो,” उनले भने ।
सुरक्षालाई ध्यानमा राख्दै टिकटकले नेपालमा ‘सर्च इन्टरभेन्सनस’ सुविधा लागू गरेको छ। संवेदनशील वा जोखिमपूर्ण विषय खोज्दा प्रयोगकर्तालाई विश्वसनीय स्रोततर्फ मार्गदर्शन गर्ने उद्देश्यले यी सुविधा सक्रिय गरिएका हुन्। मानसिक स्वास्थ्य सहयोग, प्राकृतिक विपद् वा आकस्मिक संकटका बेला मार्गदर्शन, गलत सूचना रोकथाम तथा यौन दुर्व्यवहारसम्बन्धी सचेतना जस्ता विषयमा विशेष ध्यान दिइएको छ।
क्षेत्रीय ट्रस्ट एन्ड सेफ्टी लिड अस्मा अन्जुमले भनिन्, “टिकटकको सर्च सुविधा सुरक्षा–केन्द्रित डिजाइनमा आधारित छ। संवेदनशील विषयमा खोज गर्दा प्रयोगकर्ताले कल्याण, शुद्धता र सामाजिक जिम्मेवारीमा आधारित मार्गदर्शन पाउँछन्।”
नेपालमा टिकटक खोजीको बढ्दो प्रयोगले दक्षिण एसियामा व्यापक प्रवृत्ति देखाएको छ। प्रयोगकर्ताहरूले जानकारीलाई दृश्यात्मक, सरल र प्रामाणिक रूपमा पाउन चाहिरहेका छन्। शिक्षा, यात्रा, खेलकुद, जीवनशैली वा व्यवहारिक सीप सिक्ने विषयमा टिकटक अब समुदायसँग जोडिने प्रमुख प्लेटफर्म बनेको दाबी गरेका छन्।


Leave a Reply