|
Getting your Trinity Audio player ready…
|

काठमाडौं माघ ५ । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सोमबार नेपालमा रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिजमा उन्नत ब्याट्री प्रविधि, उच्च–रेजोल्युसन क्यामेरा तथा मजबुत संरचना सहितका चार मोडेलहरू समावेश छन्।
कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन लक्ष्य राखेको शाओमी गोबल चाइनाका सायमन फाड्गले बताए। ‘शाओमी मोबाइली विश्वबजार तेस्रो हिस्सा ओगट्न सफल भएको छ,” उनले भने।
रेड्मी नोट १५ प्रो प्लस पाइभजी, रेड्मी नोट १५ प्रो फाइभ जी, रेड्मी नोट १५ फाइभजी र रेड्मी नोट १५ फोरजी समावेश छन्। नेपाली बजारमा मूल्य भेरियन्ट स्पेसिफिकेशनअनुसार २९,९९९ रुपैयाँदेखि ६६,९९९ रुपैयाँसम्म रहने शाओमी गोबल चाइनाका सायमन फाड्गले उल्लेख गरें। उनले भने, “नेपालमा यो पहिलो नम्बरमा ग्राहको रोजाईमा पर्न सफल भएको छ। यस कारण नेपाल शाओमीका लागि विशेष रहेको छ।”
सबैभन्दा उच्च मोडेल रेड्मी नोट १५ प्रो प्लस पाइभजीमा ६,५०० एमएएच सिलिकन–कार्बन ब्याट्री, १०० वाट फास्ट चार्जिङ, २०० मेगापिक्सेल प्राइमरी क्यामेरा तथा क्वालकमको स्न्यापड्रागन सेभेन एस जेन फोर चिपसेट रहेको छ। शाओमीका अनुसार यो ब्याट्रीले १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशत क्षमता कायम राख्छ, जुन करिब छ वर्षको सामान्य प्रयोग बराबर हो।
अन्य मोडेलहरूमा फरक–फरक विशेषता छन्, जस्तै: रेड्मी नोट १५ प्रो फाइभजी मा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा छ।
त्यस्तै, रेड्मी नोट १५ फाइभजी सिरिजको सबैभन्दा पातलो (७.३५ मिमि) मोडेल, ५,५२० एमएएच ब्याट्री र १०८ एमपी क्यामेरा सहित आएको छ। रेड्मी नोट १५ फोरजी मा मिडियाटेक हेलियो जी१०० अल्ट्रा चिपसेट, ६,००० एमएएच ब्याट्री र १०८ एमपी टेलिफोटो क्यामेरा छ।
सबै मोडेलमा ३,२०० निट्ससम्मको ब्राइटनेस दिने अमोलेड डिस्प्ले, पानी–धुलो प्रतिरोधक आइपी रेटिङ, डल्बी एट्मोस डुअल स्पिकर तथा एआई–आधारित फोटो तथा भिडियो सम्पादन उपकरणहरू उपलब्ध छन्। शाओशीले गुगल जेमिनी र आफ्नै हाइपरओएसलाई सम्पूर्ण सिरिजमा एकीकृत गरेको छ।
कम्पनीले जनवरी १९ देखि फेब्रुअरी १४, २०२६ सम्म विशेष प्रवर्द्धनात्मक अफर घोषणा गरेको छ। यस अवधिमा सबै मोडेलमा शाओमी बड्ससँग बन्डलिङ छुट तथा नौ महिना शून्य प्रतिशशत इएमआज्ञ सुविधा उपलब्ध हुने जनाएको छ।
रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को डिलर नेटवर्कमार्फत बिक्रीवितरण गरिरहेको छ।


Leave a Reply