|
Getting your Trinity Audio player ready…
|

भक्तपुर, चैत १२ । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। संघसंस्थाहरूले गत वर्ष करिब ३ करोड क्यालेन्डर प्रकाशित गरी वितरण गरेका थिए। यस वर्ष पनि सो संख्याभन्दा बढी क्यालेन्डर वितरण हुने अनुमान गरिएको छ।
क्यालेन्डर प्रदर्शनीमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकहरूले जनाएका छन्। प्रदर्शनीमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य र सांस्कृतिक दृश्यहरू समावेश गरिएका आकर्षक क्यालेन्डरहरू प्रदर्शन गरिनेछन्। भक्तपुर दरबार, सिद्धपोखरी र योसिखेल प्रदर्शनी स्थलका रूपमा चयन गरिएको छ।
बिस्का जात्राको अवसरमा बैशाख १ गते करिब तीन लाख आगन्तुक भक्तपुर आउने भएकाले, प्रकाशकहरूलाई लक्षित दर्शकलाई ध्यानमा राखी क्यालेन्डर वा पात्रो सार्वजनिक प्रदर्शन गर्न अपिल गरिएको छ।
यसै दिन भक्तपुरमा ऐतिहासिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम पनि आयोजना हुनेछ। “नयाँ नेतासँग पानी गफ” भन्ने नारासहित हुने कार्यक्रममा जलस्रोत संरक्षण, सामाजिक सञ्जालको भौतिक अनुभव र सम्पदा यात्राको महत्व बुझाउने उद्देश्य राखिएको छ।
कार्यक्रममा नेवारी समुदायले तयार गरेको परम्परागत खाजा, अयला तथा भक्तपुरको प्रसिद्ध दहीको व्यवस्था गरिनेछ। साँझ बिस्का जात्राको लिङ्गो ढाल्ने प्रत्यक्ष दृश्य अवलोकन गर्दै परिक्रमा सम्पन्न गरिनेछ। आयोजक समितिले इच्छुक प्रकाशकहरूलाई सचिवालयमा सम्पर्क गरी प्रदर्शनीका लागि स्थान बुक गर्न आग्रह गरेको छ।

Leave a Reply