|
Getting your Trinity Audio player ready…
|

सप्तरी, चैत २४ । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै नि:शुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ।
रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा २ हजार मानिसको आँखा परीक्षण गरिएको थियो। सोही अवसरमा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएको छ। तीमध्ये ७० जना स्थानीयलाई बैंकको प्रत्यक्ष सहयोगमा पूर्ण नि:शुल्क शल्यक्रिया गरिएको जनाएको छ ।
शल्यक्रियापछि आवश्यक पर्ने चस्मा तथा औषधिहरू पनि नि:शुल्क वितरण गरिएको छ। यस पहलमार्फत दृष्टिविहीन हुने जोखिममा रहेका समुदायलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान पुर्याएको छ।
ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सञ्चालन गरेको हो। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य वित्तीय संस्थाभन्दा ५० प्रतिशत रकम छुट्याएर समाजप्रति थप उत्तरदायी बनेको जनाएको छ।
नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि बैंकले चालिएको कदमले हरेक वर्ष २,५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सफल भएको तथ्य सार्वजनिक गरिएको छ।सप्तरी । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै नि:शुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ।
रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा २ हजार मानिसको आँखा परीक्षण गरिएको थियो। सोही अवसरमा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएको छ। तीमध्ये ७० जना स्थानीयलाई बैंकको प्रत्यक्ष सहयोगमा पूर्ण नि:शुल्क शल्यक्रिया गरिएको जनाएको छ ।
शल्यक्रियापछि आवश्यक पर्ने चस्मा तथा औषधिहरू पनि नि:शुल्क वितरण गरिएको छ। यस पहलमार्फत दृष्टिविहीन हुने जोखिममा रहेका समुदायलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान पुर्याएको छ।
ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सञ्चालन गरेको हो। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य वित्तीय संस्थाभन्दा ५० प्रतिशत रकम छुट्याएर समाजप्रति थप उत्तरदायी बनेको जनाएको छ।
नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि बैंकले चालिएको कदमले हरेक वर्ष २,५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सफल भएको तथ्य सार्वजनिक गरिएको छ।

Leave a Reply