
जापान— ओसाका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले रङ्गिन प्लास्टिकलाई गुणस्तर नघटाई पुनः प्रयोग गर्न सकिने नयाँ विधि विकास गरेका छन्।
चम्किलो प्याकेजिङ्ग पुनः प्रयोग गर्दा प्रायः गाढा र कम मूल्यको सामग्रीमा परिणत हुन्छ, जसलाई डाउनसाइक्लिङ्ग भनिन्छ। हालका विधिहरूले रंग हटाउन असफल हुन्छन् वा धेरै ऊर्जा खर्च हुन्छ।
ओसाका मेट्रोपोलिटन विश्वविद्यालयका वैज्ञानिकहरूले फुजी पिगमेन्टसँग मिलेर, सिलिका माइक्रोस्फियर प्रयोग गरेर रंगलाई क्याप्सुलमा बन्द गर्ने तरिका बनाएका छन्। यी क्याप्सुलहरू उत्पादन प्रक्रियामा टिकाउ रहन्छन् र पुनः प्रयोग गर्दा सजिलै छुट्याउन सकिन्छ।
यो प्रक्रिया कोठाको तापक्रममा काम गर्ने, उर्जा बचत गर्ने, प्लास्टिकलाई गुणस्तर र रंग जोगाएर पुनः प्रयोग गर्न सकिन्छ। अनुसन्धानकर्ताहरूले यसलाई पेट बोतल र प्लास्टिक झोलाजस्ता दैनिक प्रयोग हुने सामग्रीमा लागू गर्ने आशा व्यक्त गरेका छन्।

Leave a Reply